English

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



अभिनेत्री तथा कार्यक्रम प्रस्तोता कृति भट्टराईलाई पुस्तक पढ्न असाध्यै मन पर्छ । उनले अहिले सम्म धेरै राम्रा राम्रा पुस्तकहरु पढिसकेकी छिन् । फूर्सदको समय पुस्तक पढेर बिताउने उनी अरुलाई पनि पुस्तक पढ्न सुझाव दिन्छिन् । त्यसैले अभिनेत्री भट्टराईको सिफारिसमा पढ्नैपर्ने तीन पुस्तक यस्ता छन् :

चिरहरण

नीलम कार्की निहारिकाद्वारा लिखित यो पुस्तक मैले पढेका मध्ये असाध्यै मन परेको पुस्तक हो । महाभारतको विषयमाथि थुप्रै व्याख्या हुँदै आएका छन् । चिरहरण त्यही महाभारत–कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो । सत्यवतीदेखि द्रौपतिसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनीको षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन । लेखनमा चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने निलमको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्बित छ ।

राधा

कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास राधा पनि मलाई मन परेको पुस्तक मध्ये पर्छ । यो पुस्तकमा प्रस्तुत गरिएको महिला पात्र मलाई एकदमै मन पर्छ । यस पुस्तकमा समावेस भएका माया र भावनाका कुरा पनि विशेष लागेको थियो । छोरी भए भनेर तिमी आफूलाई कमजोर नठान छोराछोरीमा केहि फरक छैन भन्ने सन्देश यस पुस्तकले दिन्छ । धारावासीको लेखनशैली र भाषा पनि मलाई असाध्यै मनपर्छ ।

पागल बस्ती

सरुभक्तको उपन्यास पागल–बस्ती प्रेम र अहमको रणभूमि हो । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कमै होलान् । पुस्तक हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य छ । यो पुस्तकमा चित्रण गरिएको प्रेमका र जीवनका कुराहरु मलाई असाध्यै मन परेको थियो । साधारण भाषामा लेखिएको यो पुस्तक पनि सबैले एकपटक पढ्नैपर्छ जस्तो लाग्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested