English

यी हुन् कब्जियत हुनुको कारण, लक्षण र बच्ने उपाय



सामान्यतया कब्जियत भनेको दिसा राम्रोसँग नखुल्नु हो । वर्तमान समयमा कब्जियत सबैलाई हुने वा भइरहेको रोग हो । कब्जियत प्रायः सबै उमेरका मान्छेलाई हुन्छ । खानपान नमिल्दा र अन्य विभिन्न कारणले कब्जियत हुन्छ । कब्जियत अन्य के–के कारणले हुन्छ र यसबाट कसरी बच्ने ? लगायतका विषयमा आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारीको सुझाव यस्तो छ :

कारण

कब्जियत हुनुको मुख्य कारण हाम्रो असन्तुलित खानपान र जीवनशैली नै हो । साथै, समयमा खाना नखानु, मैदाबाट बनेका खानेकुरा बढी खानु, चिल्लो, पिरो, मसलेदार, तारेको खानेकुरा खानु, पानीको कमी, कसरत नगर्नु, फलफूल तथा सागपात नखानु, निद्रा नलाग्नु, चिन्ता, तनाव, दिसा रोक्नु, र ट्वाइलेटमा मोबाइल चलाएर लामो समय ट्वाइलेटमा बस्नाले पनि कब्जियतको समस्या हुन्छ ।

लक्षण

– दैनिक दिसा नलाग्नु
– दिसामा रगत देखा पर्नु
– दिसा गर्न अप्ठ्यारो हुनु
– ठीक ढंगले पेट सफा नहुनु
– दिसा गर्दा मलद्वारमा पीडा हुनु
– दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु
– पेटमा दुखाई अनुभव हुनु

बच्ने उपाय

– दिसा आउँदा रोकेर नराख्ने
– जंकफुड नखाने
– भुटेको तारेको खानेकुरा नखाने
– मद्यपान र धूम्रपान नगर्ने
– तनाव चिन्ता नलिने
– हरियो सागपात, फलफूल प्रशस्त खाने
– रेसादार खाना खाने
– पानी प्रशस्त पिउने

यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा
यी हुन् घाँटी खसखस गर्नुका कारण ? कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested