English

सुनसान मलेखु, सुस्ताएको माछा व्यापार (फोटो/भिडियो)



माछाले चिनाएको सहर हो– मलेखु । कतिपयले त यसलाई माछाको राजधानी नै भन्छन् । त्यसो त काठमाडौं भित्रिने र बाहिरिने धेरैलाई मलेखुको माछाले लोभ्याउँछ ।

त्रिशुली नदीको माछाको स्वाद विशेष हुने हुनाले पनि धेरैलाई यो बजारले अड्याउँछ । यद्यपि, कोरोना भाइरसका कारण मलेखु बजार सुनसान छ ।

सधैं माछाका पारखीहरुको भीडभाड हुने यो बजारमा निषेधाज्ञाकै समयमा मेरोलाइफस्टाइलको टीम पुग्दा होटलका सटर बन्द थिए । माछा झुन्डिने डोरी रित्तो देखिन्थे ।

दैनिक हजारौंको माछा व्यापार गर्ने व्यापारीहरु बन्द सटर हेरेर बस्न बाध्य थिए । ३० वर्षदेखि मलेखुमा होटल सञ्चालन गर्दै आएका लिलानाथ सिलवाल लामो थकाई मारिरहेका देखिन्थे ।

यद्यपि, उनको मनमा हलचल भने बेग्लै देखिन्थो । दिनमा हजारौंको माछा व्यापार गर्ने सिलवाल २ वर्षयता घाटामा छन् । ‘२ वर्ष यता निकै गाह्रो परेको छ,’ उनले भने, ‘आफ्नै घर हुनेलाई खासै समस्या छैन तर, जो भाडामा तिरेर व्यवसाय गर्दै आएका थिए उनीहरुलाई निकै गाह्रो छ ।’

लिलानाथका अनुसार मलेखुमा सामान्य अवस्थामा यहाँ ७ सय केजीसम्म माछाको कारोवार हुन्थ्यो । पहिला घर–घरमै माछा मार्ने मान्छे राख्थे । तर, अहिले व्यापारीहरुले माछा ल्याउँछन् र होटलवालाले आवश्यकता अनुसार माछा लिन्छन् ।

मलेखुमा अहिले लोकल माछाको अलवा अन्य ठाउँबाट पनि माछा आउने गरेको सिलवाल बताउँछन् । ‘पहिला माछा मार्ने मान्छे घर–घरमै राखेर माछा मार्न लगाइन्थ्यो तर, अहिले माछा मार्ने मान्छे नै कम छन्,’ उनले भने, ‘खोलामा माछा हुँदा हुँदै पनि त्यसको उपयोग गर्न सकिएको छैन ।’

मलेखु माछाका लागिमात्र नभएर गेडागुडीको व्यापारका लागि पनि प्रख्यात मानिन्छ । त्यसैले निषेधाज्ञाका कारण मलेखुमा गेडागुडी व्यापार गर्नेहरुको अनुहार पनि मलिन देखिन्छन् ।

तस्बिर : राजकुमार श्रेष्ठ
यो पनि पढ्नुहोस्
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)
अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested