English

नेपालमा अब कस्तो फेसन आउला ?



फेसनले व्यक्तित्व झल्काउँछ । त्यसैले पछिल्लो समय मानिसहरू यसप्रति सचेत छन् । फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ । कोरोना संक्रमणले गर्दा अहिले मानिसहरुको ध्यान फेसनमा भन्दा पनि स्वस्थ्यमा छ । तर, परिस्थिती सधैँ एउटै हुँदैन । त्यसैले कोरोना कहर कम हुँदै जाँदा फेसनमा पनि मानिसको रूची बढीरहेको छ ।

गर्मी मौसम सुरु भएसँगै फेसन प्रतिको मोह र चासो बढ्न थालेको फेसन डिजाइनर रोजिना श्रेष्ठ बताउँछिन् ।

नेपालमा बुटिक क्रेज सुरु भएको लामो समय भएको छैन । पहिले–पहिले विवाह व्रतवन्ध, चाडबाडलगायत कार्यक्रममा सहभागी हुनेले सामान्य कुर्ता, सारी तथा निश्चित समुदायको आफ्नै मौलिक पहिरन लगाउने गर्थे । तर, केही वर्षयता विभिन्न डिजाइनका लेहेंगा र सारीमा सिफ्ट हुने युवतीको संख्या बढ्न थालेको उनी बताउँछिन् । ‘विवाह, व्रतवन्ध, पूजाजस्ता व्यवहारिक कामकाज तथा चाडपर्वमा बुटिकमा बनेका पहिरनले महत्व पाउन थालेका छन्,’ उनले भनिन्, ‘एउटा फेसन कम्तिमा ६ महिनासम्म चल्छ तर, अहिले कोरोनाका कारण नयाँ फेसन बजारमा आउन पाएको छैन ।’

यतिबेला बजारमा लुज कपडाहरु धेरै चल्तिमा छन् । लुज कपडाले धेरै दुब्लो र मोटो देखाउँदैन । त्यसैले अहिले लुज जिन्स, टिसर्ट, वनपिसहरु फेसनमा रहेको श्रेष्ठ बताउँछिन् । जरजेट तथा सिफनको कपडा सितल हुने भएकोले यस्ता कपडाहरु पनि धेरै रुचाइने गरेको छ । डिजाइनहरु मात्र फेरिने भए पनि फेसन नफेरिने उनको भनाइ छ । लेहेङ्गा र साडीमा बेल्ट लगाउने फेसन पनि अहिले धेरै चलेको छ ।

त्यस्तैएम के एम फेसन हाउसकी फेसन डिजाइनर दिलमाया ढकाल सबैको ध्यान स्वास्थ्यमा भएकोले नयाँ फेसन बजारमा आयो कि आएन भनेर चासो नरहेको बताउँछिन् । उनका अनुसार २ वर्ष यता कुनै नयाँ फेसन बजारमा आएको छैन ।

अबको फेसन कस्तो आउला ?

अब साडी, लेहेङ्गा र कुर्ताको फेसन त्यति नचल्ने फेसन डिजाइनरहरु बताउँछन् । अब मौलिक भन्दा पनि इन्डो वेस्टर्न ड्रेस, स्टाइल र डिजाइनका कपडाहरु फेसनमा आउनेछन् ।

‘उमेर, शरीरको बनावट र वर्णको हिसाबले डिजाइन गरेको कपडाले धेरै आकर्षक देखिन्छ,’ उनले भनिन्, ‘त्यसैले डिजाइनरको सल्लाह अनुसार ड्रेस बनाउनु उपयुक्त हुन्छ ।’

गर्मी मौसम भएकाले लाइट कलरको टिसर्ट, फ्लोरल प्रिन्ट भएको वानपिसहरु बढी मात्रामा रुचाइएको छ ।

चासो छैन फेसनको !

त्यस्तै एम के एम फेसन हाउसकी फेसन डिजाइनर दिलमाया मगर सबैको ध्यान स्वास्थ्यमा भएकोले नयाँ फेसन बजारमा आयो कि आएन भनेर चासो नरहेको बताउँछिन् । उनका अनुसार २ वर्ष यता कुनै नयाँ फेसन बजारमा आएको छैन ।

‘प्लेन भेल्भेटमा बोर्डर राखेर बनाइएको डिजाइनर सारी अहिले धेरैको रोजाईमा पर्छ,’ उनले भनिन्, ‘गर्मीयाममा लुज जिन्स, टिर्सट, फ्लोरल प्रिन्ट वानपिस र जमसुटहरु फेसनमा छन् ।’ २०२१ मा नयाँ फेसन नआए पनि कलर आउट भएको र खैरो र पहेँलो कलरको कपडाहरु बढी रुचाइएको उनले बताइन् ।

अहिले बजारमा नयाँ फेसन नआएको बरु पहिलेकै फेसन दोहोरिएको युभानी बुटीककी अञ्जु लामा बताउँछिन् । लामाका अनुसार गर्मी मौसम भएकाले लाइट कलरको टिसर्ट, फ्लोरल प्रिन्ट भएको वानपिसहरु बढी मात्रामा रुचाइएको छ ।

‘लकडाउन खुलेपछि नयाँ फेसन आउन सक्ने सम्भावना छ,’ लामाले भनिन्, ‘रेवन, जरजेट तथा सिफनको कपडाले बनेका लुगाहरु गर्मीमा बढी चल्छ ।’

यो पनि पढ्नुहोस्
बालबालिकालाई तेस्रो लहरको संक्रमणबाट जोगाउन के छ सरकारको पूर्व तयारी ?
के छ, भर्चुअल कक्षाको विकल्प ?
चुरेको दोहन होइन संरक्षण
बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने ?
श्रीकृष्णले महाभारतको युद्धका लागि कुरुक्षेत्र नै किन रोजे ?
धनाढ्यले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली