English

कति छ कोरोनाको तौल ?



सायदै हामीले नसोचेको कुरा हो, विश्वभरको कोरोना भाइरसलाई एकै स्थानमा जम्मा गर्दा त्यसको तौल कति होला ? इजरायलको विजम्यान इन्स्टीच्यूट अफ साइन्सका वैज्ञानिकले हालै मात्र यो भाइरसको वजनको अनुमान लगाएका छन् । कोरोना भाइरसको यो बेलामा कुनैपनि स्थानमा एकै समयमा १० लाखदेखि १ करोड मानिसलाई संक्रमित बनाएको छ ।

यसैलाई आधार मानेर वैज्ञानिकले सारा विश्वमा फैलिएको कोरोना भाइरसको तौलको गणना गरेका छन् । यस समय सारा विश्वभर रहेको कोरोना भाइरसको कुल वजन ०.१ देखि लिएर १० किलोग्रामसम्म हुनसक्ने वैज्ञानिकको अनुमान छ । यो अनुमान संक्रमितको संख्याको आधारमा गरिएको हो । शोधकर्ता रोन मिलो भन्छन्, कम वजनको अर्थ, कम खतरनाक छ भन्ने होइन, यो बेला १७ करोड भन्दा धेरै मानिस संक्रमित छन् भने ३७ लाख मानिसको ज्यान गएको छ । यो रिसर्च प्रीसीडिंग्स अफ दी नेशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित छ ।

यसरी भयो गणना

प्रोफेसर मिलोका अनुसार बाँदरमा कोभिड १९ भाइरस संक्रमणको दर निकालियो । जब त्यसमा संक्रमणको अत्याधिक असर देखियो, रोनको टीमले बाँदरको फोक्सो, टन्सिल र पाचन प्रणालीमा भाइरसको मात्रा नापियो । त्यसपछि भाइरसको कणलाई प्रतिग्रामको हिसावमा गणना गरे । त्यसपछि मानिसमा यसको तुलना गरियो ।

एक व्यक्तिमा कति भाइरस हुन्छ ?

भाइरसका कणको संख्यालाई आपसमा मिलाएर एक संक्रमित व्यक्तिमा एक माइक्रोग्रामदेखि लिएर १० माइक्रोग्रामसम्म भाइरसका कण हुन्छन् ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested