English

विश्वभर नै ओत संरक्षणलाई कम प्राथमिकता



‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक आफ्नै आँखाले देख्न पाए ।’ हालै रत्ननगर बद्रेनी गाउँस्थित बुढी राप्ती छेउ दुर्लभ ओत देखका मिलन तामाङले यस्तो प्रतिक्रिया दिए । उनी सौराहामा चिनिएका वाइल्डलाइफ फोटोग्राफर हुन् । दसकअघि फोटोग्राफी सुरु गरेका उनले ओत भने विरलै देख्ने गरेका छन् ।

अंग्रेजीमा अटर भनेर चिनिने ओत अर्ध–जलीय जीवन बिताउने स्तनधारी जनावर हुन् । सिमसार, ताल र नदीजस्ता माछा प्रशस्त पाइने क्षेत्रमा पाइने ओत जलीय पारिस्थितिक प्रणालीहरूको महत्त्वपूर्ण जैविक सूचक हुन् । सिकार गर्न माहिर ओतको सबैभन्दा प्रिय आहारा माछा हो । यसले भ्यागुता, गँगटाजस्ता उभयचर र साना स्तनपायी जनावर पनि खाने गर्दछ ।

Milan Tamang
मिलन तामाङ
वाइल्डलाइफ फोटोग्राफर

पहिलो पटक झट्ट देखियो क्यामेरामा कैद गर्न पाइएन । एक हप्तापछि मात्र सोमबार मध्यान्हमा देखियो, समूहमा हिँड्ने प्राणी भएपनि यहाँ दुई पटक नै एउटा मात्र ओत देखियो ।

समूहमा बस्न रुचाउने ओतलाई मिलनले दुई पटक नै एक्लै देखेको सुनाए । ‘पहिलो पटक झट्ट देखियो क्यामेरामा कैद गर्न पाइएन । एक हप्तापछि मात्र सोमबार मध्यान्हमा देखियो, समूहमा हिँड्ने प्राणी भएपनि यहाँ दुई पटक नै एउटा मात्र ओत देखियो ।’ उनले ओत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रदेखि नारायणी नदी तिर जाँदै गरेको बताए ।

विश्वमा १३ प्रजातिका ओत पाइन्छन् । नेपालमा भने तीन प्रजातिका ओत पाइन्छन् । नेपालमा पाइने ओतमा कालो (यूरेशियन ओटर), खैरो ओत (स्मूथ कोटेड ओटर), र सानो ओत (एसियन स्मल ओटर) गरेर तीन प्रकारका ओत पाइन्छन् । खैरो ओत शुक्लाफाँटा, बाँके, कोसी, बर्दिया, चितवन लगायत क्षेत्रमा पाइएको अभिलेख छ ।

ओत नेपालमा मात्र नभएर विश्वमा नै लोपोन्मुख प्राणी हो । तरपनि विश्वभर नै ओत संरक्षणलाई निकै कम प्राथमिकता दिइएको डब्लूडब्लूएफ नेपाल अन्तर्गत स्वच्छ जल कार्यक्रमका प्रमुख राजेश साँद बताउँछन् । त्यसो त डब्लूडब्लूएफ नेपालले वर्तमान रणनीतिक योजनामा ओतलाई फोकल प्रजातिको रूपमा सूचीबद्ध गरेको साँदले बताए ।

हाल हामीले कर्णाली नदीमा ओत र तिनीहरूको वासस्थानको संरक्षणमा काम गरिरहेका छौँ । ओतको संख्या पत्ता लगाउन गाह्रो छ, विभिन्न ठाउँमा भेटिए पनि संख्या पत्ता लगाउन सकिएको छैन ।

राजेश साँद
प्रमुख, स्वच्छ जल कार्यक्रम

‘हाल हामीले कर्णाली नदीमा ओत र तिनीहरूको वासस्थानको संरक्षणमा काम गरिरहेका छौँ ।’ ओतको आहारा प्रजातिको अभाव नहोस् भनेर अवैध माछा मार्न कम गर्नको लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन उकास्नको निम्ति काम गर्नुका साथै नदी संरक्षणको दृष्टिले स्थानीय सरकारसँग सहकार्य गरेर नदी उत्खनन कार्यलाई दिगो विकासको आधारमा व्यवस्थित गर्ने कार्य डब्लूडब्लूएफले गरिरहेको साँदले सुनाए । उनले नेपालमा ओतको संख्या यति नै छ भनी ठ्याक्कै पत्ता लगाउन नसकेको बताए । ‘ओतको संख्या पत्ता लगाउन साँच्चिकै गाह्रो छ, विभिन्न ठाउँमा भेटिए पनि संख्या पत्ता लगाउन सकिएको छैन ।’

रत्ननगर बद्रेनी गाउँस्थित बुढी राप्ती छेउमा देखिएको ओत । तस्बिर : मिलन तामाङ

ओत सफा पानीमा बस्न र बालुवामा खेल्न रुचाउँछ । प्राकृतिक वासस्थानको ह्रास, नदीको किनारमा बालुवा र गिट्टी उत्खनन, अत्यधिक माछा मार्ने, तटीय वनस्पति हटाउने, सिँचाइ नहर र बाँध निर्माण, नदी किनारमा बारम्बार मानव गतिविधि तथा औद्योगिक र कृषिमा प्रयोग गरिने रासायनिक प्रदूषणलगायतका कारणले ओत लोप हुँदै गएको साँद बताउँछन् ।

ओत स्वस्थ नदीको सूचक हो, यो फोहोर पानी भएको स्थानमा बस्दैन । ओत पाइने नदी स्वतः स्वस्थ हुन्छ, हामीसँग स्वस्थ नदी रहन्छ । यदि हामीले ओतलाई संरक्षण गर्याैँ भने सम्पूर्ण नदी र सिमसार पारिस्थितिक प्रणाली सुरक्षित हुन्छ ।

ओतलाई स्वस्थ नदीको सूचक पनि मानिन्छ । ‘ओत स्वस्थ नदीको सूचक हो, यो फोहोर पानी भएको स्थानमा बस्दैन । ओत पाइने नदी स्वतः स्वस्थ हुन्छ, हामीसँग स्वस्थ नदी रहन्छ,’ उनले रोचक जानकारी दिए, ‘यदि हामीले ओतलाई संरक्षण गर्याैँ भने सम्पूर्ण नदी र सिमसार पारिस्थितिक प्रणाली सुरक्षित हुन्छ ।’

यो पनि…
डल्फिन : संरक्षणमा जुट्दै सारथी
सिमसारले फेर्छ जीवनकै काँचुली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,