चितवन राष्ट्रिय निकुञ्ज : जिप र डुङ्गा सफारी बाहेक अन्य पर्यटकीय गतिविधि यथावत्
‘मनसुनको समयमा निकुञ्जमा आश्रित व्यक्ति तथा समुदायको जीविकोपार्जनमा गाह्रो हुन्छ, उनीहरूलाई तीन महिनासम्म बिदा दिइन्छ जसले गर्दा उनीहरू बेरोजगार भएर बस्नुपर्छ ।’ चितवनका वाइल्डलाइफ फोटोग्राफर एवं गाइड मिलन तामाङ निराश हुँदै भने, ‘बर्खाको समयमा भने जिप सफारी र डुङ्गा सफारी बन्द गर्ने बाध्यता पनि छ ।’ तर सञ्चार माध्यमले ‘चितवन राष्ट्रिय निकुञ्ज बन्द’ भन्ने खबर दिएपछि पर्यटकको संख्या कम भएको र आफूहरू मर्कामा परेको तामाङको गुनासो छ ।
मनसुनको समयमा निकुञ्जमा आश्रित व्यक्ति तथा समुदायको जीविकोपार्जनमा गाह्रो हुन्छ, उनीहरूलाई तीन महिनासम्म बिदा दिइन्छ जसले गर्दा उनीहरू बेरोजगार भएर बस्नुपर्छ ।
यति बेला चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि मध्ये जिप सफारी र डुङ्गा सफारी बन्द छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वन पथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले यी गतिविधिमा यही असार १६ गतेदेखि देखि अर्को सूचना जारी नहुँदासम्म रोक लगाइएको हो ।
पर्यटन क्षेत्रमा असर परे पनि निकुञ्जका यी क्रियाकलाप स्वतः बन्द हुन्छन् । त्यसो त पानी परेको समयमा पर्यटकहरूलाई नै अप्ठ्यारो पर्ने, रातको समयमा बाटो बिग्रिएर कतै फस्ने डर हुन्छ । त्यसले गर्दा पनि जिप सफारी बन्द गर्नुपर्ने बाध्यता छ ।
‘पर्यटन क्षेत्रमा असर परे पनि निकुञ्जका यी क्रियाकलाप स्वतः बन्द हुन्छन् । त्यसो त पानी परेको समयमा पर्यटकहरूलाई नै अप्ठ्यारो पर्ने, रातको समयमा बाटो बिग्रिएर कतै फस्ने डर हुन्छ । त्यसले गर्दा पनि जिप सफारी बन्द गर्नुपर्ने बाध्यता छ ।’ तिवारीले पर्यटकलाई पनि सहज होस् भन्ने हेतुले गत आर्थिक वर्षदेखि सूचना निकालेर नै उक्त गतिविधि बन्द गरिएको बताए । ‘त्यसअघि पनि वर्षाले बाटो बिगारेपछि स्वतः बन्द हुन्थ्यो, यद्यपि जङ्गल वाक, हात्ती सफारी लगायतका कुराहरू सञ्चालन भइरहेको छ ।’
हामी पर्यटन व्यवसायी हरूले खोल्नै पर्छ भनेर जबरजस्ती गर्ने अवस्था पनि छैन । किनकि सफारीमा गएर आउने बेला बाटो ब्लक भयो भने वा कुनै घटना घट्यो भने दुःख पाउने पनि हामीले नै हो ।
बर्खाको समयमा यी पर्यटकीय गतिविधि बन्द गरिने निकुञ्जको निर्णयलाई सकारात्मक रूपमा नै स्विकार्छन् चितवनका होटेल व्यवसायी लजिक कृष्ण सागर श्रेष्ठ । ‘हामी पर्यटन व्यवसायी हरूले खोल्नै पर्छ भनेर जबरजस्ती गर्ने अवस्था पनि छैन । किनकि सफारीमा गएर आउने बेला बाटो ब्लक भयो भने वा कुनै घटना घट्यो भने दुःख पाउने पनि हामीले नै हो ।’ बर्खाको समय पर्यटन व्यवसायको लागि पनि अफ सिजन भएकाले यसलाई सकारात्मक रूपमा नै लिएको उनी बताउँछन् । निकुञ्जले यी गतिविधि अक्टोबर लागेपछि मात्र खोल्ने तर सेप्टेम्बरबाट नै पर्यटनको सिजन सुरु हुने भएकोले त्यति बेला नै खुलाइदिए हुन्थ्यो भन्ने उनको धारणा छ ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन एक महिना बाँकी रहँदा सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ५३ हजार छ सय ४७ विदेशी, ३५ हजार आठ सय ८६ सार्क राष्ट्रका पर्यटक छन् । चालु आवमा रु १९ करोड आठ लाख ४३ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको दुई वटा इभेन्ट बन्द भएको खबरले सर्वसाधारणमा राष्ट्रिय निकुञ्ज र त्यहाँका मध्यवर्ती क्षेत्रहरू ठप्पै बन्द छन् भन्ने प्रभाव पारेकोछ ।
वैकल्पिक पर्यटकीय स्थल ‘मध्यवर्ती क्षेत्र’
मनसुनका कारण चितवन राष्ट्रिय निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द भए पनि मध्यवर्ती क्षेत्रमा भने ती गतिविधि सञ्चालनमा नै छन् । मध्यवर्ती क्षेत्रका सामुदायिक बनमा जाने बाटो मनसुनमा पनि त्यति नबिग्रिने भएकोले त्यता सामान्यतया जिप सफारी र डुङ्गा सफारी चलिरहेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । तथापि चितवन राष्ट्रिय निकुञ्जको दुई वटा इभेन्ट बन्द भएको खबरले सर्वसाधारणमा राष्ट्रिय निकुञ्ज र त्यहाँका मध्यवर्ती क्षेत्रहरू ठप्पै बन्द छन् भन्ने प्रभाव पारेको कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले बताए ।
कुमरोज निकुञ्जसँग जोडिएको सामुदायिक वन हो । निकुञ्जमा पाइने सबै प्रकारका वन्यजन्तुहरू कुमरोज सामुदायिक बनमा पनि पाइन्छन् ।
चितवनका मध्यवर्ती क्षेत्रहरू कुमरोज, जनकौली, बाघमारा, कुचकुचे सामुदायिक वन तथा बिस हजारी ताल लगायतका ठाउँहरू खुल्ला नै छन् । त्यी सबै मध्यवर्ती क्षेत्रमा निकुञ्जमा जस्तै पर्यटकीय गतिविधि हुने कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरत प्रसाद नेपालले बताए । ‘कुमरोज निकुञ्जसँग जोडिएको सामुदायिक वन हो । निकुञ्जमा पाइने सबै प्रकारका वन्यजन्तुहरू कुमरोज सामुदायिक बनमा पनि पाइन्छन् ।’
उनका अनुसार कुमरोज सामुदायिक वनमा पर्यटकले हात्ती सफारी मार्फत आनन्द लिन सक्नेछन्, त्यही रात बिताउन चाहने पर्यटकको लागि दुई वटा टावरको व्यवस्था गरिएको छ । दराई, बोटे ताल र ढुंग्रे खोलामा डुङ्गा सफारी पनि गर्न सकिन्छ ।
आर्थिक वर्ष २०७९–२०८० तथ्याङ्कमा कुमरोज सामुदायिक बनमा जम्मा १,९७,५५० पर्यटकले भ्रमण गरेका छन् । जस मध्ये नेपाली १,२२,३७० जना, विदेशी ३९,५५० जना र सार्क राष्ट्रबाट ३५,६३० जना पर्यटक भित्रिएका छन् । कोरोनापछि पर्यटकको संख्या घटेको छ । निकुञ्ज तथा सामुदायिक वन प्रवेश गर्ने नेपालीले एक सय ५०, सार्क देशकाले एक हजार र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन् । यो रकम भने निकुञ्जमा नै सङ्कलन हुने नेपालले बताए ।
कुमरोज सामुदायिक वनको आम्दानीको स्रोत जिप सफारीको मात्र हो । जिप सफारीको एक ट्रिपको १६ सय रुपैयाँ शुल्क लिने नेपालले बताए । कुमरोजमा यस आर्थिक वर्षमा १,९५० ट्रिप जिप सफारी भएको छ । जसबाट ३१ लाख बिस हजार रुपैयाँ आम्दानी भएको छ । सचिव नेपालका अनुसार वनबाट भएको आम्दानीको ६० प्रतिशत संरक्षणमा र ४० प्रतिशत हिस्सा सामाजिक विकासमा खर्च गर्ने गरिएको छ ।
सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कल्भर्ट निर्माणलगायतमा खर्च गरिएको उनले बताए। संरक्षणका लागि छुट्टाइएको रकमको ठूलो हिस्सा केही वर्षदेखि मानव बस्ती र वनबीचमा कंक्रिट लगाउनका लागि खर्च गरिएको उनले बताए ।
सामुदायिक वनले बिरामी भएका सदस्यलाई कम्तीमा ५ हजार रुपैयाँ सहयोग गर्ने गरेको छ। त्यस्तै, खानेपानी जडानका लागि ६ हजार, सुत्केरी भत्ता २ हजार, दूध उत्पादक किसानलाई प्रतिलिटर ५० पैसा उपलब्ध गराउँछ। साथै आदिवासी, जनजातिका लागि माछा पोखरी र होमस्टे सञ्चालन गर्न वनले सहयोग गरेको नेपालले बताए ।
तस्बिरहरु : मिलन तामाङ
यो पनि…
सिमसारले फेर्छ जीवनकै काँचुली
सिमसार मासिएपछि सारसलाई सास्ती
icodose
In the presence of Dox, tTA is prevented from binding to the TRE buy priligy 60