English

सिमसार मासिएपछि सारसलाई सास्ती



सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण बनेको छ ।

‘सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ,’ नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भने, ‘सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।’

यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य किराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उनको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस मात्रै देखापरेका छन् । स्थानीयका अनुसार यसअघि सारस एकै ठाउँमा १५ देखि २० को सङ्ख्यामा देखिन्थे ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आइयूसिएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ ।

अण्डा र मासुका लागि यसको शिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारेका थिए । वर्षातमा स्थानीय किसानका खेतबारीमा सारस आउँदा शिकार बढी हुन्छ ।

सारस घट्दै गएपछि ‘यसलाई जोगाउन सिमसार क्षेत्र जोगाएर र यसलाई संरक्षण गर्नुपर्छ’ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आइयूसिएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ ।

यसको सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुन्छ । सारसको उचाइ छ फिटसम्म र तौल पाँच किलो बढी हुन्छ । यसको वैज्ञानिक नाम ‘ग्रस एन्टिगनु’ हो । उड्नेमध्येमा यो अग्लो चरा मानिन्छ ।

सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात जुन, जुलाई महिनामा ओथारो बस्ने (बच्चा कोरल्ने) गर्दछ । सिमसार क्षेत्रको सुरक्षित स्थानमा बच्चा जन्माउने र हुर्काउने गर्दछ । सारसलाई सामाजिक प्राणीका रूपमा समेत लिइने गरिन्छ ।

कञ्चनपुरमा सारसको सङ्ख्या १० देखि १५ सम्म रहेको अनुमान छ । चरा विज्ञका अनुसार नेपालमा यो चरा सात देखि आठ सय रहेको अनुमान छ ।

जोडीका रुपमा यो चरा रहन्छ । प्रजनन अवधिमा यसले दुई वटा मात्रै अण्डा पार्ने गरेको चरा विज्ञ डगौराले बताए । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्छन् । त्यसपछि अन्य सारससँगै झुण्डमा आजीवन जोडी बनाइ बस्छन् । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा यो चरा पाइन्छ ।

कञ्चनपुरमा सारसको सङ्ख्या १० देखि १५ सम्म रहेको अनुमान छ । चरा विज्ञका अनुसार नेपालमा यो चरा सात देखि आठ सय रहेको अनुमान छ । नेपालसँगै सारस अस्ट्रेलिया, कम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छ ।

विश्वमा १५ र नेपालमा चार प्रजातिका सारस पाइन्छ । जसमा करयाङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ । दुई दशकपछि यसवर्ष कैलालीमा लक्ष्मण सारस देखापरेको छ । जसलाई खोया हाँससमेत भनिन्छ । लक्ष्मण सारस मङ्गोलिया र चीन क्षेत्रबाट हिउँदाका बेला बसाइँ सारेर यहाँ आइपुग्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पंक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

कालोकण्ठे सारस कहिलेकाहीँ मात्रै देखा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पंक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

यो पनि…
नेपालबाट लोप भएको छैन धनेश
उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

Popular
Suggested