यसकारण हेरिन्छ कुशे औँसीमा बुबाको मुख



भाद्र कृष्णपक्षको अमावस्यालाई कुशे औँसी भनिन्छ । कुश एक प्रकारको तृण वा घाँस हो । हिन्दु धर्मका दैविक वा पैतृक हरेक कार्य कुश बिना सम्पन्न हुन सक्दैन । कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ । कुशलाई धार्मिक एवम् पितृ कार्यका निम्ति अति आवश्यक र पवित्र वस्तु मानिएको छ । यस दिन ब्राह्मणले विधानअनुसार पूजा गरी शुद्ध भूमिमा उम्रिएको कुशच्छेदन गरेर घरमा ल्याउँछन् । घरमा कुश राख्नाले वर्षभरि अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

हरेक औँसीहरू पितृको लागि महत्त्वपूर्ण मानिन्छन् । तर, यो भदौ महिनाको औँसी पितृहरूको लागि महत्त्वपूर्ण हुने भएकोले पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी आध्यात्मिक चिन्तनबाट सम्झँदा पितृहरू खुसी हुन्छन् भन्ने मान्यता पहिलेदेखि नै चलिआएको थियो । त्यसैले मरेका पितृहरूलाई त तर्पण दिइन्छ भने जीवित पितृहरूलाई किन नसम्झने भनेर यो दिन जीवित पितृहरूको मुख हेर्ने चलन सुरु भएको हो ।

माता पितालाई जीवित तथा साक्षात् देवता भनिन्छ । त्यसैले कुशे औँसीको दिन पितृहरूलाई सम्झने उनीहरूको नाममा पूजा गर्नुको साथै जीवित पितृहरूलाई पनि सम्मान गर्ने दिनको रूपमा काठमाडौँमा यो संस्कृतिलाई मनाउँदै आइएको थियो । बिस्तारै अरू सबैले पनि यसलाई संस्कृतिको रूपमा स्वीकार गर्न थाले । हाम्रो हरेक धार्मिक कार्यहरू जीवनमा अपनाउनु नै पर्ने खाले छन् ।

दिनदिनै पिता माताको सेवा गर्नु पर्दछ । उहाँहरूलाई खुसी बनाउनका लागि भावना बुझ्नु पर्छ । बुबाको मुख हेर्ने दिनमा मात्र पितालाई सम्मान गर्ने र खुसी बनाउने हैन । हरेक दिन पिता मातालाई सम्मान गर्नुपर्छ । भावनात्मक रूपमा उहाँहरूसँग जोडिनु पर्छ । त्यस दिन बुबालाई यही कुरा दिनुपर्छ भनेर कहीँ तोकिएको छैन त्यसैले जे कुराले पिता खुसी हुनुहुन्छ त्यही कुरा दिनुपर्छ ।

कुशै औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँ मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन् । बढ्दो आधुनिकतासँगै बुबा आमाहरूलाई वृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरू बढिरहेको छ । तर, बुबालाई हेला गर्ने र चित्त नपुराउने कर्म जगतलाई पक्कै मान्य छैन । हामी पनि एक दिन बुबा या आमा हुन्छौँ तसर्थ हामीले जे गर्छौँ त्यही नै आफ्ना भावी सन्ततिबाट प्राप्त गर्दछौँ । आउँदा पुस्ताहरूमा पनि पितृ मोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्त्व र आवश्यकता झन् बढ्दै गएको छ ।

(संस्कृतिविद् डा. गुरुप्रसाद सुवेदीसँग गरिएको कुराकानीमा आधारित )

यो पनि पढ्नुहोस्
यस्तो छ जनै पूर्णिमामा जनै लगाउनु र क्वाँटी खानुको महत्त्व
असार १५ मा दही चिउरा किन खाइन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।