English

असार १५ मा दही चिउरा किन खाइन्छ ?



असारलाई ‘मानो रोपेर मुरी फलाउने’ समय भनिन्छ । कृषि प्रधान राष्ट्र भएकाले खानापछि दही खाने चलन पहिलादेखि कै हो । किसानको सम्मानका लागि राष्ट्रिय धान दिवस अर्थात् असार १५ का दिनमा दही चिउरा खाने प्रचलन आएको धर्म संस्कृतिविद् डा.वासुदेवकृष्ण शास्त्री बताउँछन् ।

रोपाईको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति, शीतलता प्रदान गर्छ । किसान बाहेक अन्य पेसा र व्यवसाय गर्नेले पनि आजको दिन दही चिउरा खाएर मनाउने प्रचलन रहेको छ ।

दहीमा शुद्ध, पवित्र र औषधिय गुण हुन्छ । दहीले पाचन प्रणालीलाई सन्तुलन बनाउने, शरीरमा भएको टक्सीन सफा गर्ने कार्य गर्छ । वर्षाको समयमा देखा पर्ने विभिन्न किसिमका रोग, जिवाणु, विषाणु लगायत विभिन्न प्रकारका भाइरसको आक्रमणबाट बचाउन रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने भएकाले दही चिउरा खाने प्रचलन रहेको शास्त्री बताउँछन् ।

असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोस पनि प्रदान गर्छ ।

‘रोपाईपछि दही चिउरा खाँदा पहिला धर्ती देवीलाई चढाइन्छ,’ उनी भन्छन्, ‘पोहोर साल धान धेरै फलेर चिउरा कुटेरा खाइयो, यो वर्ष पनि धेरै अन्न फलोस भनेर प्रार्थना गर्ने गरिन्छ ।’

यस्तै, दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै आलश्य गराउँदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोश प्रदान गर्छ ।

हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested