English

पत्थर कुँदेर जीवन चलाउने कुशवडिया



बुटवलका २६ वर्षीय घनश्याम कुशवडिया, विगत आठ वर्षदेखि सिलौटाको व्यापार गर्दै आएका छन् । बाबु बाजेको पालादेखि गर्दै आएको यो काम आफ्नो पुर्ख्याैली पेशा रहेको उनी बताउँछन् ।

काठमाडौंमा व्यापार गर्दै आएका घनश्यामले सिलौटा बनाउन १२ वर्षको उमेरमा नै सिकेका हुन् । उनकी आमाले पनि उनलाई काममा सघाउँछिन् । उनको थर कुशवडिया भए पनि पत्थर अर्थात् ढुङ्गा काट्ने काम गर्दागर्दै नामको पछाडी ‘पत्थरकट्टा’ जोडिएको बताउँछन् ।

उनका अनुसार सिलौटा बनाउन बुटवलको तिनाउ खोलाबाट कालो ढुङ्गा ल्याउँछन् । एक लटमा ३ देखि ४ सय सिलौटा बन्ने ढुङ्गा ल्याइन्छ । नदीबाट ढुङ्गा ल्याउँदा गुणस्तर र साइजअनुसार पैसा तिर्नुपर्ने उनी बताउँछन् ।

सिलौटाको प्रकारअनुसार मूल्य

चाबहिलको सडक किनारमा बसेर घनश्यामले चारपाते सिलौटा, चारपाते खल, अण्डाकर खल, ओखल, सिलौटाको लोरी, जाँतो बनाउँछन् ।

उनले बनाएको चारपाते सिलौटाको १ हजारदेखि १५ सय, अण्डाकार खलको ५ सयदेखि १५ सयसम्म पर्छ । यसैगरी ओखलको मूल्य ८ सयदेखि २५ सयसम्म पर्ने गरेको छ । उनले बनाएको फुलबुट्टे जाँतो २५ सयदेखि १० हजार रुपैयाँसम्म पर्छ ।

यसरी चाबहिलको सडक किनारमा बसेर ढुंगाको सिलौटा, जाँतो बिक्री गरेर उनी मासिक १५ हजार भन्दा बढी आम्दानी गर्छन् । ४५ वर्षीय महेन्द्र कुशवडियाले घनश्यामले आफ्नो कमाइबारे भन्न लजाएको बताए । पुर्ख्याैली पेशा भएकाले बच्चैबाट यो पेशामा संलग्न रहेका महेन्द्रले दैनिक तीनदेखि चार हजारको व्यापार गर्छन् । उपत्यकामा १६ वर्षदेखि यही सिलौटाको व्यापार गर्दै आएका उनी कमाइ राम्रो भएको बताउँछन् ।

गाह्रो छ सिलौटा बनाउन

घनश्यामका अनुसार सिलौटा बनाउन गाह्रो छ । एकछिन पनि खाली नबसेर उनलाई फुलबुट्टाले भरिएको ओखल र जाँतो बनाउन २ देखि ३ दिन समय लाग्छ । त्यसो त चारपाते सिलौटा, लोरी र खल बनाउन भने एक घण्टामै सक्छन् ।

उनी सिलौटा बनाउन छेनी, हथौडा लगायत ७ किसिमका फलामका औजार प्रयोग गर्छन् । ठूलो पत्थर फुटाउन प्रयोग हुने छेनीलाई गोट्टा भनिने उनले बताए ।

भारतबाट पनि ल्याइन्छ ढुङ्गा

चाबहिल क्षेत्रमा मात्रै एक दर्जन बढीले यो व्यापार गर्छन् । यसैगरी वनस्थली, नयाँ बसपार्क, जडीबुटी लगायतका क्षेत्रमा पनि यसको व्यापार हुने गरेको छ ।

सिलौटा बन्ने पत्थर बुटवलबाट मात्र नभई भारतको गोरखपुरबाट पनि ल्याइने महेन्द्र बताउँछन् । बहिरबाट ल्याएको पत्थरको सिलौटा चिल्लो, रातो र राम्रो हुने भएकाले केही महंगो पर्ने उनी जनाउँछन् । त्यसैगरी सादा सिलौटाभन्दा बुट्टा भरेको सिलौटा महँगो पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested