English

अब सुजुकी जिम्नी र फ्रोन्क्स नेपाल अधिराज्यभरका शोरुममा



विश्वभर रुचाइएको र नेपालमा पनि बहप्रतीक्षित सुजुकी एसयूभीहरू अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुमहरूमा हेर्न र टेस्ट ड्राइभ गर्न पाइने भएको छ । त्यसका लागि कम्पनीले यही साउन २२ गतेदेखि नै देशका सबै शोरुमहरूमा उपलब्ध गराउने बताएको छ ।

साउन २२ गते सबै सुजुकी शोरुमहरूमा जिम्नी र फ्रोन्क्सको अनावरण पनि गरिने कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी होल्डिङ्स (CG|Holdings) अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प (CG|Motocorp) तथा सिजी एनएक्सटीजीईएन (CG|NXTGEN) ले यी एसयूभीहरू बुकिङ गत असार २९ गतेदेखि नै खुल्ला गरेको थियो ।

कम्पनीका अनुसार जिम्नीको सुरुवाती मूल्य रु. ५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको मूल्य रु. ३९ लाख ९९ हजारबाट सुरु हुनेछन् । पाँच ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमापर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फोर ह्विल्ड (4WD) प्रणाली, अल ग्रिप प्रो (ALL GRIP PRO) सँग आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेसियल र ३ लिंक रिगिड एक्सल सस्पेन्सन (3 Link Rigid Axle Suspension) जस्ता अफ–रोड सुविधाहरू समावेश छन् ।

अफ–रोड बाटोका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीले २२.६८ सेमी स्मार्ट प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू उपलब्ध छन् ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो । ’द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी पनि देखिन्छ । यसमा रहेका अत्याधुनिक प्रविधिहरूले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्दछ । प्रिमियम डिजाइन, नयाँ युगका फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरूले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

यो पनि…
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested