अब सुजुकी जिम्नी र फ्रोन्क्स नेपाल अधिराज्यभरका शोरुममा



विश्वभर रुचाइएको र नेपालमा पनि बहप्रतीक्षित सुजुकी एसयूभीहरू अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुमहरूमा हेर्न र टेस्ट ड्राइभ गर्न पाइने भएको छ । त्यसका लागि कम्पनीले यही साउन २२ गतेदेखि नै देशका सबै शोरुमहरूमा उपलब्ध गराउने बताएको छ ।

साउन २२ गते सबै सुजुकी शोरुमहरूमा जिम्नी र फ्रोन्क्सको अनावरण पनि गरिने कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी होल्डिङ्स (CG|Holdings) अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प (CG|Motocorp) तथा सिजी एनएक्सटीजीईएन (CG|NXTGEN) ले यी एसयूभीहरू बुकिङ गत असार २९ गतेदेखि नै खुल्ला गरेको थियो ।

कम्पनीका अनुसार जिम्नीको सुरुवाती मूल्य रु. ५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको मूल्य रु. ३९ लाख ९९ हजारबाट सुरु हुनेछन् । पाँच ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमापर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फोर ह्विल्ड (4WD) प्रणाली, अल ग्रिप प्रो (ALL GRIP PRO) सँग आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेसियल र ३ लिंक रिगिड एक्सल सस्पेन्सन (3 Link Rigid Axle Suspension) जस्ता अफ–रोड सुविधाहरू समावेश छन् ।

अफ–रोड बाटोका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीले २२.६८ सेमी स्मार्ट प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू उपलब्ध छन् ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो । ’द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी पनि देखिन्छ । यसमा रहेका अत्याधुनिक प्रविधिहरूले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्दछ । प्रिमियम डिजाइन, नयाँ युगका फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरूले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

यो पनि…
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन