English

बीवाइडीको ब्याट्री व्यवस्थापनमा प्रतिबद्धता



बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो गाडीमा लाग्ने ब्याट्रीको व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको छ। सरकारले ब्याट्री व्यवस्थापनमा ल्याएको नयाँ नीतिलाई स्वीकार गर्दै कम्पनीले आफ्नो गाडीमा लाग्ने ब्याट्रीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको हो।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेटमार्फत नै केही बोलेको छ। त्यसलाई हामी बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएका छौं।’

विद्युतीय साधनको सबैभन्दा चुनौतिपूर्ण मानिएको ब्याट्री ब्यवस्थापन गर्न आफुहरु निरन्तर लागि रहेको साइमेक्सले आफ्नो विज्ञप्तिमा जनाएको छ। सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कयौं तरिका रहेको कम्पनीले जनाएको छ। सो ब्याट्रीलाई पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रि–साइकल पनि गर्न मिल्ने गरी तयारी भइसकेको कम्पनीले जनाएको छ।

यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने मद्दत गर्ने कम्पनीले जनाएको छ।

यो पनि…
बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested