English

बीवाइडीको ब्याट्री व्यवस्थापनमा प्रतिबद्धता



बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्नो गाडीमा लाग्ने ब्याट्रीको व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको छ। सरकारले ब्याट्री व्यवस्थापनमा ल्याएको नयाँ नीतिलाई स्वीकार गर्दै कम्पनीले आफ्नो गाडीमा लाग्ने ब्याट्रीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको हो।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेटमार्फत नै केही बोलेको छ। त्यसलाई हामी बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएका छौं।’

विद्युतीय साधनको सबैभन्दा चुनौतिपूर्ण मानिएको ब्याट्री ब्यवस्थापन गर्न आफुहरु निरन्तर लागि रहेको साइमेक्सले आफ्नो विज्ञप्तिमा जनाएको छ। सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कयौं तरिका रहेको कम्पनीले जनाएको छ। सो ब्याट्रीलाई पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रि–साइकल पनि गर्न मिल्ने गरी तयारी भइसकेको कम्पनीले जनाएको छ।

यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने मद्दत गर्ने कम्पनीले जनाएको छ।

यो पनि…
बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested