English

बीवाइडी र प्रभु बैंकबीच वित्तिय सम्झौता



बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय सम्झौता गरेको छ ।

यो साझेदारीले ग्राहकहरूलाई बीवाइडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलोकर्जा प्रदान गर्ने लक्ष्य राखेको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाइडी ब्रान्डका सवारी साधन खरिदका लागि सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।

बीवाइडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । प्रभु बैंक संगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।

साइमेक्स इंकका प्रमुख मेमन धौगाडा भन्छन्, ‘बीवाइडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । प्रभु बैंक संगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’

बीवाइडीसँगको हाम्रो साझेदारीले हामीलाई बिद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ ।

बीवाइडी बिभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन् । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ । प्रभु बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख वीरेन्द्र भट्ट भन्छन्, ‘प्रभु बैंकमा, हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध छौं । बीवाइडीसँगको हाम्रो साझेदारीले हामीलाई बिद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ ।’

यस सहकार्यपश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाइडीको डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८० प्रतिसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ । प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटीएम नेटवर्क छन ।

साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाइडी एट्टो–३, ६४.९० लाख, नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बीवाइडी अल न्यू ई–सिक्स ५९ लाखमा बजारमा उपलब्ध गराउँदै आएको छ । २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाईडी एट्टो ३ १२.९८ लाख वा बीवाइडी अल न्यू ई–सिक्स रु ११.८० लाखमा खरिद गर्न सक्नेछन् ।

यो पनि…
बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested