बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण
बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रा. लि. ले ३ युनिट अल न्यु इ–६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरिदमा विद्युतीय गाडी किनेको हो।
निगमका अनुसार हाललाई ३ वटा मात्र विद्युतीय गाडी खरिद गरिएको छ। जसमा बीवाइडीको ई–६ मोडल रहेको छ। यो गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्छ। यसलाई फुल चार्ज गर्न ८–१० घण्टाको समय लाग्छ।
बीवाइडी का विद्युतीय गाडी नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण कदमको रूपमा लिन सकिन्छ ।
नेपाल आयल निगमका प्रोजेक्ट तथा आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सूरज शाहले सवारी साधनहरूलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरूको खोजीमा रहेको बताए । ‘दिगोपनाको लागि प्रतिबद्धता अनुरूप इलेक्ट्रिक सवारी साधनहरूमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ ।’ उनले भने ‘आउने दिनहरूमा हाम्रा सवारी साधनहरूलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरूको खोजीमा छौँ ।’
‘बीवाइडी का विद्युतीय गाडी नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण कदमको रूपमा लिन सकिन्छ ।’ साइमेक्स इंक प्रा. लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।
यो पनि…
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’
Brigette
Great items from you, man. I've understand your stuff prior to and you're simply extremely wonderful. I really like what you've received here, really like what you're stating and the way in which you say it. You're making it enjoyable and you continue to take care of to keep it smart. I cant wait to read far more from you. That is really a wonderful web site. Look at my webpage Jacinto