English

बीवाइडीद्वारा अल न्यु इ–६ नेपाल आयल निगमलाई हस्तान्तरण



बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रा. लि. ले ३ युनिट अल न्यु इ–६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरिदमा विद्युतीय गाडी किनेको हो।

निगमका अनुसार हाललाई ३ वटा मात्र विद्युतीय गाडी खरिद गरिएको छ। जसमा बीवाइडीको ई–६ मोडल रहेको छ। यो गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्छ। यसलाई फुल चार्ज गर्न ८–१० घण्टाको समय लाग्छ।

बीवाइडी का विद्युतीय गाडी नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण कदमको रूपमा लिन सकिन्छ ।

नेपाल आयल निगमका प्रोजेक्ट तथा आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सूरज शाहले सवारी साधनहरूलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरूको खोजीमा रहेको बताए । ‘दिगोपनाको लागि प्रतिबद्धता अनुरूप इलेक्ट्रिक सवारी साधनहरूमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ ।’ उनले भने ‘आउने दिनहरूमा हाम्रा सवारी साधनहरूलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरूको खोजीमा छौँ ।’

‘बीवाइडी का विद्युतीय गाडी नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण कदमको रूपमा लिन सकिन्छ ।’ साइमेक्स इंक प्रा. लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।

यो पनि…
बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested