English

ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’



ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ। हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रूपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ। यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ। यो योजनामा ५० हजार रुपैयाँभन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ।

यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र १ लाख रुपैयाँसम्मको औषधि–उपचार बीमा उपलब्ध गराइदिनेछ।

योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ। बैंकले साबिक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने छ। साथै निश्चित अवधिको मुद्दती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउनेछन्।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले समय समयमा यस्ता योजनाहरू ल्याएर बचतकर्ताहरूलाई लाभान्वित गर्दै आएको छ ।

यो पनि…
मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकहरूलाई ‘द डालो रेष्ट्रो’मा विशेष छुट
रेमिट्यान्सको सीमा घट्यो



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested