English

हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिवल’



‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रर्दशन हुने भएको छ । प्रतियोगितामा विजेता भिडियोहरु पहिलोपटक मुलुक बाहिर प्रर्दशन गर्न लागिएको हो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि संसारका विभिन्न मुलुकहरु आयोजना गरिने आयोजक वि विल राइज फाउण्डेसनले जनाएको छ ।

हङकङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तुलसी कुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरु प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताबाट आएका वृत्तचित्रलाई विश्वमाँझ पु¥याउने यो अर्को प्रयास भएको बताए । यस फिल्म फेस्टिवलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नविन थलोहरु एवं कला संस्कृतिलाई विश्वभर उजागार गर्न सघाउने उनको भनाई थियो । विदेशमा बस्ने नेपालीहरुले पनि नेपालको कला संस्कृतिको जर्गेना र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यसलाई समेत मध्यनजर गरी आगामी संस्करण देखि ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ विधा थपिने योजना समेत सुनाए । विजेता भिडियोहरु जुलाई (१६) आषाढ ३१ गते साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रर्दशन हुनेछ । यसमा सबैले हातेमालो गर्न समेत अध्यक्ष गुरुङको अनुरोध थियो । फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले नेपाली वृत्तचित्र निर्मातालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन र थप सम्भावनाको ढोका खोल्न समेत यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्थन वालले’ जितेको थियो । प्रतियोगिताका कुल दस विधा मध्ये ‘मयूरी चाल’ ले ‘जजेज च्वोइस अवार्ड, टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’, ‘फ्युचर स्टार अफ दि इयर’–आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमन थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जितेका थिए । प्रतियोगितामा प्राप्त २ सय ५८ भिडियो मध्येबाट दश विधामा ७० भिडियो मनोनयन गरिएको थियो ।

फेस्टिभलमा हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य रहेको छ । मिडिया पार्टनरमा एचके नेपाल डट कम, एनएचडीडी स्टुडियो, एच के ट्युब नेपाल अनलाइन र मेरो लाइफस्टाइल रहेका छन् ।

तस्बिर : जगतअम्बु गुरुङ

यो पनि…
वि विल राइज फाउन्डेसनलाई राष्ट्रिय युवा प्रतिभा सम्मान
‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को उपाधि टिम डुलुवालाई (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested