English

हङकङमा तुलसी लोकार्पण (फोटो फिचर)



हङकङमा तुलसीकुमार गुरुङद्वारा लिखित र वि विल राइज फाउन्डेसनद्वारा प्रकाशित आत्मकथा ‘तुलसी’को लोकार्पण गरिएको छ। गुरुङ वि विल राइज फाउन्डेसन, हङकङ नेपलिज तेक्वान्दो एसोसिएसन तथा राइज मिडिया नेटवर्कका संस्थापक अध्यक्ष हुन् ।

गुरुङद्वारा लिखित ‘तुलसी’मा उनको जीवन यात्रा वर्णन छ । कास्कीको वार्चोकमा जन्मिएका गुरुङ लामो समय ब्रिटिस गोर्खा सैनिकमा आबद्ध रहे । यो सँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन् । यस विधामा हङकङ सरकारका प्रमुख प्रशिक्षक समेत बनिसकेका गुरुङ अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । उनले विश्वभरका सयौँ सैनिक एवं गैर सैनिकलाई तालिम दिइसकेका छन् ।

तुलसी अध्ययन गर्नेले मेरो संघर्ष र सफलताका कथा पनि पढ्न पाउनुहुनेछ,’ गुरुङ भन्छन्, ‘मेरो बदमासी थाहा पाउनका लागि पनि यो पुस्तक पढ्नैपर्छ ।

साथै, गरिमामय ‘हल अफ फेम’ को उपाधि थापेका गुरुङको खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरुप नेपाल सरकारले प्रबल जनसेवा श्री पदकद्वारा विभूषितसमेत गरिसकेको छ । ‘तुलसी अध्ययन गर्नेले मेरो संघर्ष र सफलताका कथा पनि पढ्न पाउनुहुनेछ,’ गुरुङ भन्छन्, ‘मेरो बदमासी थाहा पाउनका लागि पनि यो पुस्तक पढ्नैपर्छ ।’

तुलसी केवल पुस्तक मात्र होइन, हङकङलाई मातृभूमि र विश्वभरका नेपालीहरूसँग जोडने सेतु पनि हो ।

कार्यक्रममा बोल्दै ‘तुलसी’ पुस्तक मात्र नभई विश्वलाई जोडने सेतु पनि भएको वि विल राइज फाउन्डेसनकी जनसम्पर्क निर्देशक तथा राइज मिडिया नेटवर्ककी निर्देशक सुनिता दुलालले बताइन् । ‘तुलसी केवल पुस्तक मात्र होइन, हङकङलाई मातृभूमि र विश्वभरका नेपालीहरूसँग जोडने सेतु पनि हो ।’ उनले भनिन् ‘यो पुस्तक निकै प्रेरणादायी छ । जीवन, संघर्ष र सफलता के हो भन्ने बारे बुझ्न पनि यो पुस्तक एक पटक सबैले पढ्नु हुन मेरो अनुरोध छ ।’

वि विल राइज २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । उक्त संस्थाले देश तथा विदेशमा समेत निरन्तर शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । फाउन्डेसनले नेपालमा पर्यटकीय सम्भावनाको खोज अभियानलाई सहयोग पुर्याउन ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज गरिरहेको छ।

हङकङ नेपलिज तेक्वान्दो संघको वार्षिक उत्सवको अवसरमा पुस्तकलाई गंगा गुरुङ, हङकङ नेपाली महासंघ अध्यक्ष रीता गुरुङ, हङकङ नेपाली व्यापार संघका अध्यक्ष प्रकाश पुन, विभिन्न संस्थाका प्रतिनिधि, व्यवसायी, स्थानीय संघसस्थाका प्रतिनिधिलगायतले संयुक्त रूपमा लोकार्पण गरेका थिए। हङकङको जोर्डनस्थित मल्टी कल्चरल एक्टिभिटी सेन्टरमा आयोजित स्थापनाको २०औँ वार्षिकोत्सवमा संघमा आबद्ध सदस्य तथा खेलाडीहरूले दुई दशक लामो यात्राको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमलाई रौनकता दिन दुलालले आधा दर्जन गीतमार्फत सहभागीहरूलाई नचाएकी थिइन।

यो पनि…
तेक्वान्दोको तागत
समाज र शिक्षामा लगाव



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested