वि विल राइज फाउन्डेसनलाई राष्ट्रिय युवा प्रतिभा सम्मान
वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय उक्त फाउन्डेसनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बिहीबार उक्त पुरस्कार प्रदान गरेका हुन् ।
मन्त्रालयले सम्भाव्य पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं विपद् तथा महामारीको समयमा मानवीय सहायता र सहयोग मार्फत पर्यटन प्रवर्द्धन र समाज सेवाको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सृजनशीलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहित गर्न पु¥र्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगद एक लाख रुपैयाँसहित सम्मान–पत्रले पुरस्कृत गरेको हो
फाउन्डेसनको तर्फबाट जनसम्पर्क निर्देशक सुनिता दुलालले उक्त पुरस्कार ग्रहण गरेकी थिइन् । कार्यक्रममा संस्थाका तर्फबाट फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ, सद्भावना दूत फुर्वा तेन्जिङ शेर्पा र सदस्यहरू प्रभात रिमाल र रोजिता बुद्धाचार्य समेत कार्यक्रममा उपस्थित थिए ।
पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याए बापत सम्मानित वि विल राइज फाउण्डेसन २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । उक्त संस्थाले देश तथा विदेशमा समेत निरन्तर शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । नेपालका कुनाकन्दरामा रहेका पर्यटकीय थलोको उजागर गर्न ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज पनि यही फाउन्डेसनले सुरु गरेको छ ।
Ремонт объективов
Профессиональный сервисный центр по ремонту объективов в Москве. Мы предлагаем: ремонт объективов в москве Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!