English

आजबाट सिटिजन लाइफ इस्न्योरेन्सको ‘सुनौलो १०० दिन’



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियानअन्तर्गत ‘सुनौलो १०० दिन’ कार्यक्रमको सुरुवात गरेको छ।

पूरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ। बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोजबहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको थियो। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्रान्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ।

यस बीमा जागरण अभियानको मूल उद्देश्य आममानिससम्म बीमाको पहुँच पुर्याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो। मानिसले जे चिज बढी कल्पना गर्दछ, प्रायः त्यही चीज प्राप्त गरिरहेको हुन्छ।

त्यस्तै यस चुनौतीपूर्ण समयमा चुनौतीप्रति मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उद्देश्य लिएर त्यसप्रति बढी केन्द्रित रहँदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ। जीवनको अप्ठ्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ।

त्यसैले बीमा विलाशिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्देश्यका साथ यस आर्थिीक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडि बढाउन केन्द्रित रहेको कम्पनीले जनाएको छ।

यो पनि…
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तालिम सञ्चालन
सिटिजन लाइफको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested