सिटिजन लाइफको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्कासन गर्ने पारित गरेको छ । आइतबार छायादेवी कम्प्लेक्समा सम्पन्न भएको कम्पनीको पाँचौँ वार्षिक साधारण सभामा उक्त निर्णय पारित गरेको हो ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८–०७९ को लागि कम्पनीको लेखा परीक्षकमा जोशी एन्ड भण्डारी, चार्टर एकाउन्टेन्ट (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर सार्वजनिक निष्कासन गर्ने पारित गरेको छ ।

सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान् कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।

यो पनि…
‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२२ (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने