English

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई



यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभीमा काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष खत्री र नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्य सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार दाहाललाई यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा यही मंसिर २४ गते पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम र गत वर्ष केशव पौडेल पुरस्कृत भएका थिए ।

यो पनि…
जिम्मेवारी र दायित्व बोधसहितको पत्रकारिता, हाम्रो प्राथमिकता
पुस्तक समीक्षा : नेपाली चलचित्रको इतिहास, पात्र र प्रवृत्तिको सँगालो



...
ダッチワイフ

“but It quite forgive you for not having let me know of your engagement.You let Harry know.ラブドール 販売

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

Latest










Popular
Suggested