English

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार अधिकारीलाई



यस वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् ।

एक कार्यक्रमकाबीच गण्डकी प्रदेश विधायन समितिका सभापति तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पुरस्कार राशीसहित दोसल्ला र सम्मान पत्रले अधिकारीलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राधाले समाजप्रति गरेको योगदान कहिल्यै भुल्न नहुने बताए । आफ्नो पीडा लुकाएर नै समाज परिवर्तमा लागेकी राधाको साहसप्रति सम्मान व्यक्त गरेका छन् ।

राधा क्यान्सर सचेतना फाउण्डेसनको सुझावअनुसार नै गण्डकी प्रदेशमा महिलाहरूको पाठेघर र स्तन क्यान्सरको उपचार नि:शुल्क गरिएको उनले बताए । उनले भने ‘हामीलाई धेरै सुझावहरू दिनुभयो राधाको उपचार पनि नजिकै बाट देख्यौ हामीले पहल गरेर प्रदेशभरिका आमा दिदी बहिनीको पाठेघर र स्तनक्यान्सरको उपचार निशुल्क बनायौँ’।

उनले पत्रकारिताको माध्यमबाट आवाज बुलन्द बनाएर पीडितहरूको पक्षमा लाग्न पत्रकारहरूलाई आग्रह गरे । यस्तै, कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताए । उनले जुनसुकै हिंसालाइ निरुत्साहित गर्न आफु सदैव तयार हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले हरेक अस्पतालमा क्यान्सर परिक्षणको सुविधा उपलब्ध गराउन पहल गर्नुपर्ने बताए । साथै उनले क्यान्सर अस्पतालमा बिरामीहरुले सहजै सेवा पाउन कठिन भएको बताए ।

उनले भने ‘क्यान्सर अस्पतालमा सहजै सेवा पाउन मुस्किल छ पहिलो स्टेजमा पुगेको बिरामी उपचारकालागि पालो पर्खदा पर्खदै तेस्रो स्टेजमा पसग्छ यसको व्यवस्थापनमा प्रदेश सरकारले चासो दिनुपर्यो’उनले हिंसामा परेकाले न्याय पाउन समेत कानुनी जटिलता भएकाले हिंसा गर्नेहरुलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताए ।

अहिलेको कानुन संशोधन गर्न आवश्यक रहेकोमा जोड दिए । फाउण्डेसनले स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्टमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ।

वि.स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् ।

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ-गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।

यो पनि
यी तीन स्रष्टालाई भैरव पुरस्कार
साहित्यकार ध्रुव सापकोटा ‘जगदीश घिमिरे स्मृति पुरस्कार २०७८’ बाट सम्मानित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,