English

साहित्यकार ध्रुव सापकोटा ‘जगदीश घिमिरे स्मृति पुरस्कार २०७८’ बाट सम्मानित



साहित्यकार ध्रुव सापकोटालाई ‘जगदीश घिमिरे स्मृति पुरस्कार(२०७८’ बाट सम्मान गरिएको छ । साहित्यकार घिमिरको आठौं स्मृति दिवसको अवसरमा रामेछापको मन्थलीमा आज शनिबार आयोजित स्मृतिसभामा सो सम्मान दिइएको हो। पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ‌। ५० वर्षदेखि साहित्यिक क्षेत्रमा क्रियाशील काभ्रेपलाञ्चोक निवासी सापकोटाका एक दर्जन बढी साहित्यिक कृति प्रकाशित छन्। जगदीश घिमिरे प्रतिष्ठानका सल्लाहकार नगेन्द्रराज शर्माका अनुसार २०७४ सालदेखि प्रदान गरिएको सो पुरस्कारबाट यसअघि मनु ब्राजाकी, डा.सन्दुक रुइत र रोचक घिमिरे सम्मानित भएका थिए ।

‘रामेछापको विकासमा साहित्यकार जगदीश घिमिरेको योगदान’ शीर्षकमा भएको निबन्ध प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरुलाई पनि आजै पुरस्कार प्रदान गरिएको छ । रामेछापका विभिन्न विद्यालयहरुबाट छनोट भएका विद्यार्थीले मन्थलीमा निबन्ध वाचन गरेका थिए । जगदीश घिमिरेका छोरा हिमाल घिमिरेका अनुसार प्रतियोगितामा १० छात्रा र ५ छात्र गरी १५ विद्यार्थीको सहभागिता रहेको थियो।

जगदीश घिमिरे प्रतिष्ठानका सल्लाहकार नगेन्द्रराज शर्माका अनुसार २०७४ सालदेखि प्रदान गरिएको सो पुरस्कारबाट यसअघि मनु ब्राजाकी, डा.सन्दुक रुइत र रोचक घिमिरे सम्मानित भएका थिए ।

निबन्ध प्रतियोगितामा तामाकोशी इङ्लिस बोर्डिङ स्कूलका प्रथामा श्रेष्ठ प्रथम, सतिदेवी माविका प्रतिक्षा घिमिरे दोस्रो र दिपीका ढुंगेल तृतीय भएका थिए। उनीहरुलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी सान्तोना पुरस्कार पाउने लिटिल स्टार बोर्डिङ स्कूलका जयन्ती मानन्धर र मन्थली माविका सेविका घिमिरेलाई जनही १५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कृतहरुलाई जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरे, प्रतिष्ठानका सल्लाहकार एवं साहित्यकार नगेन्द्र शर्मा तथा पुरस्कृत व्यक्तित्व ध्रुव सापकोटाले पुरस्कार प्रदान गरेका थिए ।

क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आत्मवृतान्त ‘अन्तर्मनको यात्रा’बाट ख्याति कमाएका जगदीश घिमिरेका आधा दर्जन बढी कृति सार्वजनिक छन् । घिमिरे लामो समयदेखि सामाजिक कार्यमा संलग्न थिए । रामेछाप, मन्थलीका जगदीशको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूमा लामो संलग्नता रहेको थियो । उनले रामेछाप जिल्लाको सामुदायिक विकासमा ठूलो सहयोग पुर्याएका छन् ।

क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आत्मवृतान्त ‘अन्तर्मनको यात्रा’बाट ख्याति कमाएका जगदीश घिमिरेका आधा दर्जन बढी कृति सार्वजनिक छन् । घिमिरे लामो समयदेखि सामाजिक कार्यमा संलग्न थिए ।

पुरस्कार वितरण कार्यक्रममा जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवं सामाजिक अभियन्ता घिमिरेले पिउने पानी र औषधिको अभाव तथा सडक सन्जाल समेत नभएको रामेछापको विकासमा जगदीश घिमिरेको ठूलो योगदान रहेको जानकारी दिए। दुर्गा जगदीशका धर्मपत्नी हुन्। घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जीवनस्तर सुधार्न सक्रिय भए । तामाकोशी सेवा समिति अन्तर्गत तामाकोशी सहकारी र तामाकोशी अस्पताल संचालनमा रहेका छन्।

कार्यक्रममा तामाकोशी सहकारीका अध्यक्ष एवं मन्थली क्याम्पसका पूर्व प्रमुख गुन्जबहादुर श्रेष्ठले जगदीशको प्रेरणाले संचालित यो सहकारीले रामेछापका लाखौ जनता लाभान्वित रहेको जानकारी दिए ।

पछि जगदीशको माइलोमा भन्ने रक्तक्यान्सरबाट मृत्यु भयो । क्यान्सरको उपचारको क्रमका जगदीशले रोगसँग लड्दै जीवनलाई साहित्यिक सिर्जना र सामाजिक विकास अभियानमा नै सक्रिय राखेका थिए ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested