English

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तालिम सञ्चालन



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सञ्चालन गरेको छ । यही फागुन एक गते देखि नौ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि सो तालिम आयोजना गरिएको हो।

काठमाडौँ उपत्यका बाहिरका स्थानहरू बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आबद्ध अभिकर्ता एवं सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

कम्पनीको व्यवस्थापन समूह समेतको उपस्थिति रही कम्पनीका सम्पूर्ण कर्मचारीहरूलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतङ्ककारी कार्यबाट सङ्कलित कालो धनलाई बिमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

साथै काठमाडौँ उपत्यका बाहिरका स्थानहरूमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल स्वयमले नै प्रस्तुत गरेका थिए । उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यस प्रकारको कार्यक्रम देशभरि क्रमशः विस्तार गरिने समेत बताए ।

यो पनि…
सिटिजन लाइफको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested