English

सरकारले १९ विषयमा निःशुल्क तालिम दिँदै, यस्तो छ अनलाइन फारम भर्ने तरिका



द्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्दन केन्द्रले विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । सरकारले सीप तथा उद्यमशिलतालाई बढावा दिने उद्धेश्यले विविध विधामा तालिम दिन लागेको हो ।

केन्द्रले वार्षिक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि विभिन्न विषयमा सीपमुलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ । गत कात्तिक ११ गते सूचना प्रकाशित गर्दै केन्द्रले इच्छुक व्यक्तिले मंसिर १ गतेसम्म अनलाइन आवेदन पेश गर्न अनुरोध गरेको छ । देशको जुनसुकै स्थानबाट पनि आवेदन दिन सकिनेछ । १८ वर्ष पुरा भएको र साधारण लेखपढ गर्न सक्ने इच्छुक नागरिकले आवेदन दिन सक्छन् ।

कसरी दिने आवेदन ?

– वेब ब्राउजर खोलेर वेबसाईट www.mcsipc.gov.np उ मा गएर अनलाईन आवेदनमा क्लिक गर्ने ।

– पहिलेदेखि नै प्रयोगकर्ता हो भने मोबाइल नम्बर र पासवर्ड राखेर साइनअप गर्नुस् ।

– यदि यो पोर्टलमा तपाईं नयाँ हुनुहुन्छ भने साइनअप नाउ बटनमा क्लिक गर्नुस् ।

– त्यसपछि तपाईको पुरा नाम, मोबाइल नम्बर, इमेल ठेगाना, पासवर्ड राख्ने र आई एम नट अ रोबटमा क्लिक गर्नुस् ।

– त्यसको तल टर्म दिएको हुन्छ त्यसलाई पढेर एसेप्ट गर्ने र आई ह्याभ रिड एन्ड एग्रिमा क्लिक गर्ने ।

– त्यसपछि साइन अपको बटन देखिन्छ त्यसमा क्लिक गर्ने ।

– यति भएपछि तपाईको एकाउन्ट क्रिएट हुन्छ । अब मोबाइल नम्बर र पासवर्ड राखेर लगइन गर्ने ।

– लगइन गरिसकेपछि आफ्नो प्रोफाइललाई अपडेट गर्ने त्यसपछि दायाँ तर्फ अनलाइन आवेदन लेखिएको हुन्छ त्यहाँ क्लिक गरेर त्यहाँ व्यक्तिगत विवरण, शैक्षिक योग्यता, व्यवसायिक योजना भर्नुपर्छ ।

– व्यक्तिगत विवरण, शैक्षिक योग्यता, व्यावसायिक योजना र अगाडि कुनै तालिम लिएको छ भने तालिमको प्रमाणपत्र र अन्य कागजात पेस गरिसकेपछि निवेदन पेस गर्नुपर्छ ।

– यदि तपाईलाई फर्म भर्नको लागि सहायता चाहिएको छ भने वेब ब्राउजर खोलेर वेबसाईटwww.mcsipc.gov.np मा गएर अनलाईन आवेदनमा क्लिक गर्ने ।

– कम्प्युटरमा निम्न बमोजिमको window देखिन्छ ।

– माथि तस्वीरमा देखिएको window मा user guide वा युट्युवको बटनमा क्लिक गरेपछि भिडियो खुल्छ ।

– उक्त भिडियोले अनलाईन फारम पेश गर्ने सबै तरिकाहरु सिकाउँछ ।

– भिडियोमा दिइएको जानकारी र यो सूचनामा रहेको विवरणमा केही फरक परेमा यो सूचनाको विवरण नै मान्य हुनेछ ।

– थप जानकारीका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

कुन–कुन विषयमा हुँदैछ तालिम ?

– प्याट्रन सिलाई (बेसिक, एडभान्स)

– ब्युटिसियन (बेसिक, एडभान्स)

– मोटर वायन्डिङ्ग

– प्लम्बिङ्ग

– मोबाइल मर्मत

– मोटरसाइकल मर्मत

– अटोमेकानिक्स (गाडी मर्मत)

– कम्प्युटर मर्मत (हार्डवेयर)

– बेकरी बेसिक

– हाउस वायरिङ्ग

– खाद्य प्रशोधन

– उद्यमशीलता विकास

– फेसन डिजाइन

– मेसिन इम्ब्रोइडरी

– कृस्टल सामाग्री

– कफी वारिष्टा एवं हाते इम्बोइडरी

आवेदन दिँदा आवश्वक कागजात

– नेपाली नागरिकताको प्रमाणपत्र

– पासपोर्ट साइजको फोटो

– शैक्षिक योग्यता प्रमाणपत्र

– लक्षित समूहमा पर्ने भन्ने खुल्ने कागजात

– व्यावसायिक योजना संक्षिप्तमा बढीमा २ पेज

– एडभान्स प्याट्रन सिलाई, फेशन डिजाइन तथा एडभान्स ब्युटिसियन तालिमको लागि यसअघि आधारभुत तालिम लिएको प्रमाणपत्र



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,