English

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) विराटनगरद्वारा विराटनगर महानगरपालिका वडा नं. ९, भानु टोलस्थित ज्येष्ठ नागरिकहरूका लागि ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यका लागी जम्मा एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एनआरडीएससीद्वारा ज्येष्ठ नागरिकहरूको हक, अधिकार र संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ ज्येष्ठ नागरिकहरूका लागी सुविधा सम्पन्न ब्रह्मज्ञानी बिश्रामालय सञ्चालनमा रहेको छ, जहाँ ज्येष्ठ नागरिकहरूका लागी विभिन्न सृजनात्मक क्रियाकलापहरू गरिन्छ । यस संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धि तथा भौतिक सहयोगको कार्यक्रमहरू गरिरहेको छ । साथै ज्येष्ठ नागरिकहरू प्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने सरोकारवाला हरूसँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनको प्रभावकारी कार्यान्वयनका लागी विविध कार्यहरू गर्दै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइ लगायतका कार्यक्रम एवं विद्यार्थीहरूलाई पोसाक, पुस्तक, स्टेसनरी लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ ।

यो पनि…
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तालिम सञ्चालन
सिटिजन लाइफको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested