English

नरिवलको तेलले बढाउँछ सुन्दरता



नरिवलको तेलले तपाईंको सौन्दर्य निखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ ।

कपाल झर्ने समस्याका लागि

कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । एक चिम्टी मेथीको धुलो वा केही दानालाई नरिवलको तेलमा केही समय भिजाउनुहोस् । र यो तेल तताएर त्यही तातो तेलले कपालमा मसाज गर्नुहोस् ।

फुटेको हातखुट्टाका लागि

सुक्खा हात तथा खुट्टामा धेरै नरिवलको तेल लगाउनुहोस् र सुत्ने बेलामा मोजा र पञ्जा लगाएर सुत्नुहोस् । बिहान उठ्दा हात र खुट्टा नरम हुनेछ । दुई/तीनपटक यसरी तेल लगाएमा हातखुट्टा फुट्दैन ।

बलियो नङका लागि

यदि, तपाईंको नङ कमजोर भएको छ भने नरिवलको तेलले मसाज गर्नुहोस् । नरिवलको तेलमा बराबर मात्रमा जैतुनको तेल मिसाई यो मिश्रणले नङमा मसाज गर्नुहोस् । अर्को दिन तपाईंको नङ चम्किलो देखिनेछ ।

नरम घुँडा र कुहिनाका लागि

हरेक रात कुहिनो र घुँडामा हल्का नरिवलको तेलले मालिस गर्नुहोस् जसले गर्दा कुहिनोमा र घाँटीमा रहेको कालो दाग पनि कम हुन्छ । तपाईंले नरम छाला पनि पाउनुहुनेछ ।

स्वस्थ दाँतका लागि

यदि, तपाईंको दाँत दुखेको छ भने प्रत्येक दिन दाँत माझेजस्तै गरी नियमित नरिवलको तेलले गिजाको मालिस गर्नुहोस् । यसले तपाईंको गिजालाई स्वस्थ बनाउनुका साथै र सासको दुर्गन्धबाट पनि छुटकारा पाउनुहुनेछ ।

यो पनि…
यी ५ फलफूल र तरकारी, जसले बुढ्यौली रोक्छ
जाडोमा फेसियल गर्दा यी कुरा ध्यान दिनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested