English

जाडोमा फेसियल गर्दा यी कुरा ध्यान दिनुहोस्



अनुहारको सौन्दर्य कायम राख्नका लागि महिलाहरूले फेसियल गर्ने गर्छन् । तर, जाडोमा फेसियल गराउनुअघि र गराइसकेपछिको अवस्थामा धेरै परिवर्तन आउने गर्छ । जाडोमा छाला निर्जीव र सुक्खा हुने हुँदा जाडोको अवस्थामा तपाईं फेसियल गराउन जाँदा तपाईंले यी कुरामा ध्यान दिनुपर्छ ।

सही फेसियलको छनोट गर्नुहोस्

बढ्दो उमेरसँगै हामीहरूमा प्रायः छालासँग सम्बन्धित धेरै समस्याहरू देखिन थाल्छन् । महिलाहरूको मृत छालाजस्तै धेरै समस्याहरूसँग संघर्ष गर्नुपर्दछ जसले छालालाई नराम्रो असर पार्दछ । यस्तो समस्याहरूबाट समाधान गर्न फेसियल गराउनु राम्रो हुन्छ । वास्तवमा फेसियलले छालालाई कडा बनाउँछ जसले गर्दा तपार्इंलाई जवान र सुन्दर देखाउँछ । तर, फेसियल गर्दा सही र गुणस्तरीय प्रोडक्टको छनोट गर्नुपर्छ ।

फेसियल गर्नुअघि छालाको समस्या ब्युटिसियनलाई बताउनुहोस्

धेरैजसो अनुहारको किटहरूमा भिटामिन ‘ई’ र एन्टिअक्सिडेन्ट गुडहरू छन् भनिन्छ । जसले तपाईंको छालालाई पोषण दिन काम गदर्छ । यस्तो अवस्थामा जाडोमा स्वस्थ राख्नका लागि दुवै तत्व महत्वपूर्ण हुन्छन । फेसियल गनुअघि छालाको समस्या ब्युटिसियनलाई भन्नुहोस् । ब्युटिसियनले तपाईंको समस्यालाई ध्यानमा राखी त्यहीअनुसार तपाईंको फेसियल गराउनेछन् ।

फेसियल गरेपछि यी कामहरू नगर्नुहोस्

फेसियल गरेपछि चर्को घाममा हिँड्नु हुँदैन । फेसियल गरिसकेपछि ब्युटिसियनले अन्तिममा सिरम प्रयोग गर्ने गर्दछन् ताकी छाला हाइड्रेटेड रहन्छ । यस्तो अवस्थामा जबसम्म अवशोसित हुँदैन तबसम्म पार्लर नछोडनुहोस् ।यसबाहेक जाडोमा फेसियल गरेपछि फेस वाइप, फेस प्याक, फेस प्याक लगाउनु हुँदैन । कम्तिमा दुई दिनसम्म यसो नगर्नुहोस् । फेसियलपछि फेस ओएली देखिएको छ भने चार घन्टापछि मात्रे चिसो पानीले धुनुहोस् ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



सम्बन्धित खबरहरु

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

Popular
Suggested