English

कफीले गम्भीर रोगहरूको जोखिम कम गर्छ



कफी स्फूर्तिदायी र ऊर्जा बढाउने पेय पदार्थ हो। कफी बिना धेरै मानिसहरू दिनको सुरुवात गर्दैनन्। तर, धेरै रिपोर्टमा कफीको अत्यधिक सेवनलाई हानिकारक मानिएको छ । कफीमा क्याफिन नामको मुख्य तत्त्व पाइन्छ, जसको अत्यधिक सेवनले गम्भीर समस्या निम्त्याउन सक्छ। यदि सही मात्रामा कफी पिउने हो भने शरीरका लागि निकै फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कफीले विभिन्न रोगको जोखिम कम गर्न मद्दत गर्छ । कफीमा गरिएको केही अध्ययनका अनुसार कफीलाई सही मात्रामा पिउने हो भने यसले गम्भीर रोगहरूमा फाइदा पुर्याउँछ। कफीमा एन्टिअक्सिडेन्ट र पोषक तत्त्वको उच्च मात्रा स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ। कफी पिउनाले धेरै गम्भीर रोगको जोखिम पनि कम गर्न सकिन्छ। यस्ता छन् सही मात्रामा कफी सेवन गर्दा हुने स्वास्थ्य लाभहरू।

मधुमेहका बिरामीका लागि कफी फाइदाजनक हुन्छ

२०१४ को एक अध्ययन अनुसार, कफी सेवनले मानिसहरूमा टाइप–२ मधुमेहको जोखिम कम गर्छ। अन्वेषकहरूले ४८,००० भन्दा बढी व्यक्तिहरूको तथ्याङ्क अध्ययन गरे र चार वर्षसम्म दैनिक कम्तीमा एक कप कफी पिउनेहरूलाई मधुमेहको जोखिम ११ प्रतिशतले कम भएको पत्ता लगाए। तर मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा मात्र कफी पिउनुपर्छ ।

कफीले कलेजोको क्यान्सरको जोखिम कम गर्छ

२०१९ को एक अध्ययनले कफीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्ने निष्कर्ष निकालेको छ। यसअघि सन् २०१५ मा अमेरिकाका अन्वेषकहरूले पनि दैनिक दुईदेखि तीन कप कफी पिउनाले हेपाटोसेलुलर कार्सिनोमा र क्रोनिक कलेजो रोगको जोखिम ३८ प्रतिशतले कम गर्न सक्ने पत्ता लगाएका थिए।

कफीले रक्तचाप नियन्त्रण गर्छ

कफीमा पाइने क्याफिनको सही मात्रामा सेवन गर्नु पनि फाइदाजनक हुन्छ । क्याफिनको सेवनले रक्तचाप र मुटुको स्वास्थ्यलाई फाइदा गर्छ। सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार दिनमा तीनदेखि पाँच कप कफी पिउनाले हृदयाघातको जोखिम १५ प्रतिशतले कम गर्न सकिन्छ । शोधकर्ताहरूले भने कि दैनिक एक देखि चार कप कफी पिउने हृदय रोगको कारण मृत्यु दरमा कमी आउँछ।

कफीले बोसो घटाउन मद्दत गर्छ

क्याफिनले शरीरको बोसो घटाउँछ। आजकल क्याफिन बोसो जलाउने पूरकहरूमा पाइन्छ। मोटो व्यक्तिको बोसो घटाउन यो निकै प्रभावकारी हुन्छ ।

यो पनि…
यदि सुत्नुअघि दूध पिउनुहुन्छ भने होसियार हुनुहोस्
उल्टो हिँड्दा हुने फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested