टाटाको मेगा सर्भिस क्याम्प



टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले १० देखि १२ पुससम्म मेगा सर्भिस क्याम्पको आयोजना गरेको छ । कम्पनीका अनुसार आफ्नो १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालन भइरहेका छन् ।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज, ढल्केबार, हेटौडा, धनगढी, नेपालगंजमा रहेका छन् ।

क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ। परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप , ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निः शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ।

यो पनि…
काठमाडौँमा साझाका विद्युतीय बस सरर
विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी

बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ