English

विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन नाडाको आग्रह



अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन आग्रह गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा वृद्धि गरिएको भन्दै नाडाले कर घटाउन आग्रह गरेको हो ।

विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थितिमा सवारी आयातले खासै असर पार्ने नदेखिएको भन्दै नाडाले आयातप्रतिबन्धको सहज समाधानका लागि सरकारसँग अपिल गरेको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नाडाका अध्यक्ष धुव्रबहादुर थापाले विद्युतीय सवारीसाधनमा पुरानै कर लागु हुनुपर्नेमा जोड दिए । ‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने भन्दै आएको छ, तर आगामी आर्थिक वर्षको बजेटमा भन्सार र अन्तशुल्क कर बढाइएको छ, सरकारको भनाइ र गराइ फरक भयो’, उनले भने ।

उनले एक सय किलोवाट क्षमताभन्दा तलका विद्युतीय सवारीसाधनमा पुरानै कर लागू गरिएकामा स्वागत गर्दै दुई सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा पुरानै व्यवस्था अनुसार भन्सार र अन्तशुल्क कायम गर्न आग्रह गरे ।

यस्तै, नाडाले विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै असार मसान्तसम्म सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउनसमेत आग्रह गरेको छ । विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थितिमा सवारी आयातले खासै असर पार्ने नदेखिएको भन्दै नाडाले आयातप्रतिबन्धको सहज समाधानका लागि सरकारसँग अपिल गरेको छ ।

अध्यक्ष थापाले नयाँ सवारी साधनमा मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा जोड दिए । सवारीसाधन खरिदपछि सामान्य नम्बर राखेर पुनःइम्बोस्ड नम्बर प्लेट जडान गर्दा उपभोक्तामा दोहोरो खर्च हुने भन्दै उनले नयाँ सवारीसाधनलाई अनिवार्य गर्न आग्रह गरे ।

यस्तै अभिक ज्योतिले सरकारको नीतिका कारण दुई पाङ्ग्रे सवारीसाधनको बिक्रीवितरण नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले दुई सय सिसी माथिका दुईपाङ्ग्रे सवारीसाधनलाई सरकारले विलासिताको वस्तुमा राखेर आयात रोक्दा तथा भन्सार र अन्तशुल्क दर बढाउँदा बिक्रीवितरण बन्द गर्नुपर्ने अवस्था आएको बताए । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा दुई सय सिसी माथिका सवारीसाधनमा बढाइएको कर तत्काल फिर्ता हुनुपर्ने ज्योतिले जोड दिए ।

कति बढ्यो कर ?

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा दुई पाङ्ग्रे र विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्क महसुलमा वृद्धि भएको घोषणा गरेका थिए ।

यही जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले दुई सय सिसी माथिका दुई पाङ्ग्रे सवारीसाधन र एक सय किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क वृद्धि भएको बताएका थिए ।

सरकारले एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । यस्तै दुई सयदेखि तीनसय किलोवाटभन्दा बढीमा ४५ प्रतिशत, तीन सय किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क लगाइएको छ । यस अघि विद्युतीय सवारीसाधन आयात गर्दा अन्तशुल्कमा पूर्ण छुट दिएको थियो ।

यस्तै, बजेटमार्फत १०० किलोवाटदेखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखि ३०० किलोवाट सम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीमा ६० प्रतिशतले भन्सार कर वृद्धि गरिएको छ ।

हाल एक सय किलोवाट क्षमताको विद्युतीय सवारी साधनमा १० प्रतिशत, दुई सय किलोवाटसम्मका १५ र तीन सय किलोवाटसम्मका ३० तथा तीनसय किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार शुल्क थियो ।

दुई सय सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क बढाइएको छ । दुई सय सिसीदेखि २ सय ५० सिसी नाघेको मोटरसाइकलमा ८० प्रतिशत छ । हाल दुई सय देखि २ सय ५० सिसी ननाघेको मोटरसाइकलमा ६० प्रतिशत अन्तः शुल्क लाग्ने गरेको थियो ।

यस्तैगरी, दुई सयदेखि २ सय ५० सिसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महसुल लगाइने भएको छ । यसअघि ३० प्रतिशतमात्रै भन्सार महसुल लाग्ने गरेको थियो । २ सय ५० देखि ५०० सिसीसम्मकोमा ७० प्रतिशत र ५ सयदेखि माथिका मोटरसाइकलमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । दुई पाङ्ग्रेमा ३० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था थियो ।

यस्तै दुई सय सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क बढाइएको छ । दुई सय सिसीदेखि २ सय ५० सिसी नाघेको मोटरसाइकलमा ८० प्रतिशत छ । हाल दुई सय देखि २ सय ५० सिसी ननाघेको मोटरसाइकलमा ६० प्रतिशत अन्तः शुल्क लाग्ने गरेको थियो । २ सय ५० देखि ५ सय सिसीसम्मका ९० प्रतिशत र ५ सय सिसीदेखि माथिकामा एकसय प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ ।

अहिले २ सय ५० देखि ५सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । ५ सयदेखि ८ सय सिसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८ सय सिसी माथिका गाडीमा एक सय प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ ।

याे पनि :
दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested