दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसवर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले यसअघि दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण गर्न नसकिएको १५औँ संस्करण ‘नाडा अटो एक्स्पो–२०२२’ आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा नाडा अटो शो गर्न लागिएको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५औँ संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाइने जनाइएको छ । सिमित स्थान भएको र प्रदर्शनीसम्बसन्धि गरिएको सर्वेक्षणमा अत्याधिक माग देखिएकाले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरूप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ । विगतका केही वर्षहरूमा कमर्सियल भेहिकल नराखिएको र धेरै अवलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्सियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।

यो पनि…
नाडाको नयाँ नेतृत्व : गन्तब्यमा पुगोस्, बीच बाटोमै नअलमलियोस्
नाडाको अध्यक्षमा थापा विजयी, चौधरी ६६ मतले पराजित



...
नाडा अटो शोमा सुजुकी कार खरिद गर्ने ग्राहकलाई विशेष छुट - Mero LifeStyle Mero LifeStyle

[…] बोनस पाउन सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद […]

...
नाडा अटो शो : ‘सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ’ - Mero LifeStyle Mero LifeStyle

[…] राजधानीमा १५ औँ संस्करणको नाडा अटो शो २०२३ सुरु भएको छ । ६ दिनसम्म चल्ने […]

...
iWkeNdafX

Heredity a family history of astigmatism, eye disease, or disorders such as keratoconus certain types of eye surgery, such as cataract removal A history of corneal scarring or thinning A history of excessive nearsightedness or farsightedness propecia online australia There is hope for those of us over 40

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना

‘आर्थिक समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक

बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको