English

नाडाको अध्यक्षमा थापा विजयी, चौधरी ६६ मतले पराजित



अटो व्यावसायीहरुको संगठन नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहिबार सोल्टी होटलमा भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी करण चौधरीलाई ६६ मत अन्तरले पराजित गरेका हुन् ।

३ हजार मतदाता मध्ये निर्वाचनमा २ हजार ७ सय ८८ मत खसेको थियो । जसमध्ये थापाले १ हजार ४ सय १३ मत ल्याए भने चौधरीले १ हजार ३ सय ४७ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यमा भने अधिकांश चौधरी समूहबाट विजयी भएका छन् । उक्त टीमबाट अनुपकुमार बराल, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, निलमणी पाठक, वरदान बस्नेत, पंकज अग्रवाल विजयी भएका छन् ।

यसैगरी, थापा प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका हुन् निर्वाचनमा सर्वाधिक मत मिलनबाबू मल्लले ल्याएका छन् भने दोस्रोमा अनुपकुमार बरालले पाएका छन् । मल्लले १ हजार ४ सय ६५ ल्याए भने बरालले १ हजार ४ सय ६३ मत पाएर विजयी भएका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested