English

आइरनको कमी हुन नदिन खानामा यी चिज समावेश गर्नुहोस्



गलत खानपान, खानामा पोषक तत्त्वको कमी, महिनावारी, आन्तरिक चोटपटक आदिका कारण शरीरमा रगतको कमी हुन्छ । यसले एनिमिया रोगको जोखिम बढाउँछ। शरीरमा रगतको कमी भएमा एनिमिया हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार रक्त अल्पताका कारण रक्त कोशिकामा कमी आउने गरेको छ । जसका कारण शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग हुन सक्दैन । यस्तो अवस्थामा बिरामीलाई थकान, टाउको दुख्ने, चक्कर लाग्ने, सिरोसिसजस्ता समस्या हुने गर्छ । लामो समयसम्म सिरोसिस हुँदा अन्य धेरै रोगहरूले पनि आक्रमण गर्छ। यसका लागि आइरन युक्त खानेकुरालाई डाइटमा समावेश गर्नुपर्छ । यदि तपाई पनि शरीरमा रगतको मात्रा बढाउन चाहनुहुन्छ भने यी चिजको सेवन गर्नुहोस् ।

पालक खानुहोस्

पालकमा आइरन प्रचुर मात्रामा पाइन्छ । साथै यसमा ९० प्रतिशत पानी हुन्छ । यसबाहेक पालकमा लुटेन, पोटासियम, फाइबर, फोलेट र भिटामिन–ई पाइन्छ, जुन विभिन्न रोगमा फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हट्छ । यससँगै शरीरमा रहेको टक्सिन पनि बाहिर निस्कन्छ । यसका लागि जाडोमा आइरनको कमीलाई हटाउन आहारमा पालकलाई समावेश गर्नुपर्छ ।

अण्डा खानुहोस्

अण्डामा फोलेट, फस्फोरस, क्याल्सियम, सेलेनियम, भिटामिन ए, बी, ई र के पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अण्डामा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । यसका लागि अण्डालाई सुपरफुड भनिन्छ। यसको प्रयोगले आइरनको कमी निको हुन्छ । डाइट चार्ट अनुसार एउटा अण्डामा १ मिलिग्राम आइरन पाइन्छ ।

किसमिस खानुहोस्

किसमिसमा आइरन प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरमा तत्काल आइरनको आपूर्ति हुन्छ । यसका लागि राति सुत्नुअघि एक गिलास पानीमा एक मुठ्ठी किसमिस भिजाउनुहोस् । भोलिपल्ट बिहान किसमिस खानुहोस्। यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

यो पनि…
खानेकुरालाई तताएर खादा स्वास्थ्यमा ठुलो नोक्सान हुन सक्छ
सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली