हिटर बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यका लागि खतरनाक
जाडोमा रुम हिटरको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसले अक्सिजनको कमी, सास फेर्न गाह्रो हुने र छालाको समस्या निम्त्याउन सक्छ।
मानिसहरू जाडोमा आफूलाई न्यानो राख्नको लागि रुम हिटरको सबैभन्दा धेरै प्रयोग गर्छन् । चिसो हावाको प्रभाव कम गर्न अधिकांश घरमा रुम हिटर जडान गरिन्छ । विशेष गरी वृद्ध वृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन रुम हिटर जडान गरिन्छ, जसले गर्दा चिसोको प्रभावलाई कम गर्न सकिन्छ । धेरैजसो हिटरहरूमा रातो तातो धातुको रड वा सिरेमिक कोर हुन्छ जसले तातो हावा निकाल्छ। तर के तपाईँलाई थाहा छ हिटरबाट निस्कने तातो हावाले तपाईँको छालालाई सुख्खा र रातो बनाउन सक्छ ? वास्तवमा, तातो हावाले कोठामा रहेको आसीलोपनलाई सोस्छ, जसका कारण छाला र श्वासप्रश्वासको समस्या बढ्छ। जसका कारण घरमा अक्सिजनको मात्रा पनि कम हुन थाल्छ, जुन कहिलेकाहीँ घातक पनि हुन सक्छ । यस्तो अवस्थामा हिटर प्रयोग गर्नुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ।
हिटरले आर्द्रता घटाउँछ
यदि तपाईँको घरमा हिटर पूरा समय चल्छ भने, यसले हावामा रहेको आर्द्रता कम गर्छ। जुन कोठामा हिटर चल्छ त्यसले त्यहाँ रहेको प्राकृतिक आर्द्रता सोस्छ। जसका कारण छाला सम्बन्धी समस्या हुन सक्छ । तपाईँको छाला सुख्खा, नराम्रो वा रातो हुन सक्छ। तपाईँलाई छालामा चिलाउने समस्या पनि हुन सक्छ। यदि बच्चाको कोठामा हिटर अन छ भने, यसले बच्चाको छाला र नाकमा क्षति पु¥याउन सक्छ। यसले बच्चाको छालामा दाग पनि आउन सक्छ।
हिटरले विषाक्त ग्यास बढाउन सक्छ
धेरैजसो हिटरले कार्बन मोनो अक्साइड जस्ता प्रदूषकहरू छोड्छ, यसले बच्चाको मस्तिष्क र अन्य अङ्गहरूलाई क्षति पु¥याउन सक्छ। लामो समयसम्म कोठामा हिटर राख्दा पनि वृद्ध वृद्धाको स्वास्थ्यमा असर पर्छ । दमका बिरामीहरूका लागि हिटर खतरनाक हुन सक्छ। उनीहरूलाई सास फेर्न गाह्रो हुने वा यससँग सम्बन्धित अन्य समस्या हुन सक्छ।
आकस्मिक दुर्घटना पनि हुन सक्छ
बन्द कोठामा रातभर हिटर चलाउँदा अक्सिजनको स्तर कम हुन्छ। जसका कारण सास फेर्न गाह्रो हुने वा मृत्यु समेत हुनसक्छ । यदि तपाईँ फलामको हिटर प्रयोग गर्नुहुन्छ भने, यो धेरै तातो हुन्छ। यस्तो अवस्थामा जल्ने खतरा हुन्छ। कन्ट्याक्ट लेन्स लगाउने वा चस्मा लगाउने मानिसहरू हिटरबाट टाढा रहनुपर्छ। यसका कारण तपाईँको आँखामा क्षति पुग्ने खतरा हुन्छ ।
यो पनि…
भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षण
उठ्ने बित्तिकै भुलेर पनि नगर्नुस् यी कुरा










セクシー コスプレ
Yet I experienced sometimes that the most sweet and tender,t バック 画像the mostinnocent and encouraging society may be found in any natural object,