English

भिटामिन ‘डी’ को कमी हुँदा देखिने लक्षण



भिटामिन ‘डी’ को कमी हुँदा घाममा बस्नुपर्छ भन्ने त सबैले सुनेकै छौँ । तर, कुन समय घाममा बस्नु उपयुक्त हुन्छ होला ? यसमा धेरै मानिसहरू दोधारमा परेको पाइन्छ । वास्तवमा दिउँसोको चर्को घाममा दिनहुँ आधा घण्टा बस्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामिन ‘डी’ प्राप्त गर्दछ ।

शरीरमा भिटामिन ‘डी’ कमी हुँदा देखिने लक्षण

– मुड फ्रेस नहुने
– शरीर गलेको, थकित भएको जस्तो हुने
– जाँगर नआउने
– कसै कसैलाई टाउको दुख्ने

हाम्रो शरीरले भिटामिन ‘डी’ कसरी निर्माण गर्छ ?

जब सूर्यको किरणको (यूभी रे) हाम्रो छालामा ठोक्किन्छ । तब छालाको ठिक सतह मुनी रहेको कोलेस्ट्रोललाई भिटामिन डी ३ मा परिवर्तन गरिदिन्छ । जति चर्को घाममा बस्यो उति नै धेरै यूभी रे हुने हुँदा कोरेस्टेरोलबाट भिटामिन डी ३ मा बदलिने प्रक्रिया दिउँसो कडा काममा अझ राम्रोसँग हुने गर्छ । यसरी निर्माण भएको भिटामिन डी ३ कलेजोमा पुगेर केही प्रशोधित हुँदै मिर्गौलामा पुगेर थप प्रशोधित भएपछि मात्र शरीरमा काम गर्ने खालको भिटामिन डी ३ बन्छ ।

हामीले खानेकुराबाट पाएको वा भिटामिन डी पिल्सबाट लिएको भिटामिन डी पनि यसरी नै सुरुमा कलेजो हुँदै प्रशोधित भएपछि मिर्गौलामा गएर थप प्रशोधित भएर एक्टिभ फर्ममा बदलिन्छ ।

भिटामिन डीले के–के काम गर्छ ?

भिटामिन डीको सहायताले हाम्रो शरीरले आन्द्राको सतहबाट क्याल्सियम सोस्ने गर्छ । यदि भिटामिन डी पर्याप्त छैन भने शरीरले क्याल्सियम लिन सक्दैन र हड्डी कमजोर हुने, हड्डीमा छिद्रा पर्ने लगायत अन्य धेरै समस्याहरू देखा पर्न सुरु हुन्छ । यस्तै, दिमागको कोषहरूले नियमित काम गर्न र शरीरको इम्युन सिस्टम ले राम्रो काम गर्न पनि भिटामिन डी कै भूमिका रहन्छ । साथै, भिटामिन डी पर्याप्त हुने मानिसलाई रुघा खोकीको भाइरसले लामो समय दुःख दिन सक्दैन ।

भिटामिन डी पाइने खानाहरू

– च्याऊ
– माछा
– पनिर
– अन्डा
– भिटामिन डी मिसाइएको दूध

कसले खाने भिटामिन डी ?

– ५० वर्ष उमेर नाघेकाले
– जाडो समयमा माथि भनिएका लक्षण देखिनेहरूले
– रक्त जाँच गर्दा भिटामिन डी लेभल कम भएकाले
– कम घाम लाग्ने ठाउँमा बसोबास गर्नेले

भिटामिन ‘डी’ कति लिने कसरी लिने ?

सकेसम्म चिकित्सकको सल्लाहमा रक्त जाँच गरेर चिकित्सकै सल्लाहमा भिटामिन डी लिनु राम्रो हुन्छ । यदि चिकित्सकको पहुँच पुग्दैन र भिटामिन डी कमी भएको लक्षण देखिएकाहरूले जाडो समयका लागि मात्र दिनको ५००० आइयू लिँदा राम्रो हुन्छ । साथै, ५० वर्ष उमेर नाघेकाले दिनहुँ लिने हो भने दिनको १००० आइयू खानुपर्छ । यस्तो भिटामिन १–२ दिन खान छुट्दैमा कुनै असर हुँदैन ।

यो पनि…
महिनावारीको पेट दुखाइबाट छुटकारा पाउने घरेलु उपाय

गर्भावस्थाको समयमा वाकवाकीबाट राहत पाउने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र

Latest










Popular
Suggested