English

‘मर्यादित महिनावारी र रजनोबृत्ती जीवनको महत्त्वपूर्ण विषय हुन्’



मदन पुरस्कार विजेता लेखक एवं मर्यादित महिनावारी सामाजिक अभियन्ता राधा पौडेलको किशोर उपन्यास ‘मरियम मान्छे भई’ बजारमा आएको छ । साङ्ग्रिला प्रकाशनद्वारा बजारमा आएको उपन्यास ‘मरियम मान्छे भई’ एक मुस्लिम युवतिको कथा हो ।

निम्न मध्यम वर्गीय नेपाली समाजमा छोरीहरूले गर्नुपर्ने सङ्घर्ष, भोग्नुपर्ने पीडा उपन्यासको मूल विषय रहेको छ । उपन्यासमा मासिक रजस्वलाका कारण उसले नियमित रूपमा खुम्चनुपरेको कथा साथै प्रकृतिले पुरुष भन्दा भिन्न बनाइदिएका कारण मान्छे हुन नपाएको वृत्तान्त समावेश गरिएको छ । यहाँ मरियमको व्यथा मात्रै नभएर मान्छे बन्नका लागि उसले गरेका विद्रोहको फेहरिस्त पनि छ । पुस्तकको लेखिका राधा पौडेल भन्छिन् ‘मरियम मात्रै हैन, तपाईँ हाम्रा पुस्ता–दर पुस्तालाई मान्छे भएर बाँच्नका लागि यो पुस्तक एक अपरिहार्य क्याप्सुल साबित हुने अपेक्षा गरेको छु !’

मर्यादित महिनावारी र रजनोबृत्ती हाम्रो जीवनको अत्यन्त महत्त्वपूर्ण विषय हुन तर यसबारे कहिल्यै खुलेर कसैले कुरै गरेनन्, त्यसैले आउनोस् अब हरेक घर परिवारमा यसबारे खुलेर कुरा गरौँ ! महिनावारीको रगत नितान्त शुद्ध रगत भएकाले सो भएका बेला छोरीहरू अपवित्र हुन्छन् भन्ने रुढीवादी संस्कार र भ्रमबाट मुक्त होऔँ ।

नेपालमा किशोर लक्षित पठन सामाग्री अत्यन्त कम रहेको छ । किशोर बयका पाठकबर्गलाई लक्षित गरी उनीहरूकै मनोभावनामा आधारित पुस्तक प्रकाशन गर्ने लक्ष्य अनुरूप यो पुस्तक प्रकाशन गरिएको उनले बताइन् । यस अघि साङ्ग्रिला बुक प्रकाशनबाटै राधाको बाल्यकालीन संस्मरण ‘रोल नं १’ र अङ्ग्रेजी भाषामा प्रकाशित DIGNIFIED MANOPAUSE को अनूदित पुस्तक ‘सर्जिकल रजनोबृत्ती’ पनि प्रकाशित भैसकेको छ ।

त्यस बाहेक उनको ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ नामक हाते पुस्तक, नितान्त महिनावारी बारे ‘अपवित्र रगत’, ‘शान्तिका पाइलाहरू’ – कविता सङ्ग्रह प्रकाशित भैसकेका छन् ।

त्यस्तै नेपालयद्वारा प्रकाशित उनको पहिलो कृती ‘खलङ्गामा हमला’ले २०१४ को मदन पुरस्कार प्राप्त गरेको थियो । सो पुस्तक नेपाली र अङ्ग्रेजी (JUMLA – A NURSE’S STORY) मा अनलाइन पनि उपलब्ध छ भने जर्मन भाषामा समेत अनुवाद भइसकेको छ ।

उनी राधा पौडेल फाउन्डेसन र न्यिदब Global South Coalition For Dignified Menstruation ( दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जाल) को संस्थापक अध्यक्ष हुन् । विगत ३ दशकदेखि उनले Radha paudel Foundation मार्फत नेपालका दूर दराजका गाउँ, तराई, पहाडदेखि सहर बजारसम्म महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम गरेकी छन् । उनकै पहलमा २०१७ मा नेपाल सरकारले महिनावारी भएका बेला कसैले कुनै प्रकारको विभेद, हेला होचो गरेमा कानूनी सजायको प्रावधान पनि तोकेको छ ।

महिनावारी हुनु महिलाको एक सामान्य शारीरिक प्रक्रिया हो, जसरी किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरूको जुँगाको रेखी बस्नु, आवाज घोर्लिनुलाई गर्वको रूपमा परिवार र समाजले सहज स्वीकार्छ, त्यसैगरि छोरी महिनावारी हुनुलाई उनको सम्पूर्णताको प्रतिकको रूपमा सेलिब्रेट गरौँ !

उनले करिब ६० जिल्ला, दर्जन भन्दा बढी देश भ्रमण, दर्जनौँ विश्व विद्यालयहरूमा गेस्ट लेक्चररको रूपमा मर्यादित महिनावारी र मर्यादित रजनोबृत्ती बारे अध्यापन गर्दछिन् । उनकै अगुवाइमा झन्डै ५० वटा देशमा चौँठो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईदैछ ।

उनी भन्छिन् ‘मर्यादित महिनावारी र रजनोबृत्ती हाम्रो जीवनको अत्यन्त महत्त्वपूर्ण विषय हुन तर यसबारे कहिल्यै खुलेर कसैले कुरै गरेनन्, त्यसैले आउनोस् अब हरेक घर परिवारमा यसबारे खुलेर कुरा गरौँ ! महिनावारीको रगत नितान्त शुद्ध रगत भएकाले सो भएका बेला छोरीहरू अपवित्र हुन्छन् भन्ने रुढीवादी संस्कार र भ्रमबाट मुक्त होऔँ । महिनावारी हुनु महिलाको एक सामान्य शारीरिक प्रक्रिया हो, जसरी किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरूको जुँगाको रेखी बस्नु, आवाज घोर्लिनुलाई गर्वको रूपमा परिवार र समाजले सहज स्वीकार्छ, त्यसैगरि छोरी महिनावारी हुनुलाई उनको सम्पूर्णताको प्रतिकको रूपमा सेलिब्रेट गरौँ ! न कि उनलाई अछुत झैँ व्यवहार गरी अलग राखौँ ।’

नेपालमा मात्रै नभएर विश्वमै मर्यादित महिनावारी बारे अभियान चलाउने साथै सो बारे पुस्तक लेख्ने राधा नै पहिलो व्यक्ति हुन् ।

यो पनि…
यात्राको तरङ्गमा तैरिँदा
त्यो सापटी दुई सय रुपैयाँ



...
Binance注册奖金

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
最佳Binance推荐代码

Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.bh/register/person?ref=JW3W4Y3A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested