English

राइज मिडियाका निर्देशकद्वय ‘जनसेवाश्री’ बाट सम्मानित



राइज मिडिया नेटवर्कका निर्देशकद्वय निर्मल श्रेष्ठसुनिता दुलाल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । सामाजिक अभियन्ता श्रेष्ठ र लोकदोहोरी गायिका दुलाललाई संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनसेवाश्रीबाट विभूषित गरेकी हुन् ।

वि विल राइज फाउण्डेसनका संस्थापक निर्देशक श्रेष्ठ लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । उनी राइज मिडियाका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । डेढ दशक लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायिका दुलालका थुप्रै चर्चित गीतहरू छन् । लोक तथा तीज गीतमा विशेष पहिचान बनाएकी उनलाई ‘तीज क्विन’ को उपमा समेत दिइएको छ । वि विल राइज फाउन्डेसनकी निर्देशक समेत रहेकी उनी विभिन्न सामाजिक क्रियाकलापहरूमा समेत उक्तिकै सक्रिय छिन् ।

वि विल राइज २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । उक्त संस्थाले देश तथा विदेशमा समेत निरन्तर शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यस वर्ष ९९८ जनालाई विभूषण प्रदान गरेकी छन् ।

यो पनि…
राइज मिडियाको दोस्रो पाइला
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested