English

वि विल राइजको बेलायत संयोजकमा मानप्रसाद र प्रमुख सल्लाहकारमा खुशीमान गुरुङ नियुक्त



सामाजिक क्षेत्रमा सक्रिय संस्था वि विल राइज फाउण्डेसन (हामी उठ्ने छौं)को बेलायत संयोजकमा मानप्रसाद गुरुङ र प्रमुख सल्लाहकारमा मेजर खुशीमान गुरुङ (एमभिओ) लाई नियुक्त गरिएको छ ।

मेजर खुशीमान गुरुङ
मानप्रसाद गुरुङ

बेलायतमा रहेर पनि विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेकाले उनीहरुलाई संस्थाले आधिकारिक जिम्मेवारी दिएको फाउण्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङले बताए । ‘उहाँहरु लामोसमयदेखि फाउण्डेसनमा आवद्ध हुनुहुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘उहाँहरुले सामाजिक क्षेत्रमा देखाउनु भएको उदारतालाई मूल्यांकन गरेर नै संस्थाले जिम्मेवारी दिएको हो ।’

मानप्रसाद पोखरेली मञ्च युकेका पूर्व अध्यक्ष र खुशीमान नेपाली भिलेज युकेका अध्यक्ष हुन् । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बेलायतमा मञ्च र फाउण्डेसनको सक्रियतामा ‘हाइक फर नेपाल इन युके’ हुँदै आएको छ ।

२०७२ को महा–भूकम्पपछि स्थापित फाउन्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सिन्धुपाल्चोकको कर्थलीमा भूकम्पले ध्वस्त पारेका घर र विद्यालयको पुनर्निर्माण गर्दै सामाजिक कार्यको प्रारम्भ गरेको यो संस्थाले पर्यटन प्रवद्र्धनका निम्ति देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ । देशव्यापी ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज, हङकङ र बेलायतमा हुने ‘हाइक फर नेपाल’ लगायतका कार्यक्रम समेत फाउन्डेसनकै सक्रियतामा हुँदै आएको छ ।

याे पनि :
वि विल राइज फाउन्डेसनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या