English

एकता कपुर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी



भारतीय टेलिभिजन उद्योगकी ‘क्वीन’ एकता कपूर र उनकी आमा शोभा कपुरविरुद्ध वेब सिरिज ‘एक्सएक्सएक्स सिजन २’ को विषयलाई लिएर बेगूसराय न्यायालयले पक्राउ पुर्जी जारी गरेको छ ।

सन् २०२० मा यो सिरिजमा देखाइएको आपत्तिजनक दृश्यलाई लिएर बिहारको बेगूसराय कोर्टमा उजुरी दर्ता भएको थियो । सैनिकलाई अपमान गरिएको भनिएको यो मामलालाई लिएर न्यायालयले दुईविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको हो ।

वेब सिरिजमा कैयौं आपत्तिजनक दृश्य देखाइएको छ । जसमा एक दृश्य सैनिककी पत्नीसँग जोडिएको छ । यही दृश्यलाई लिएर बिहारको बेगूसरायमा एकताविरुद्ध उजुरी परेको थियो । बेगूसराय कोर्टले एकता र उनकी आमा शोभालाई चेतावनी पत्र पठाउँदै अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।

एकताले भने यो मामलालाई लिएर आफ्नो सफाई पेश गरेकी थिइन् । उनले यो थाहा पाउनासाथ आफूले तुरुन्तै वेब सिरिजको उक्त दृश्य हटाएको बताएकी थिइन । उनले माफी पनि मागेकी थिइन् ।

यो मामलामा सैनिक संघका जिल्ला अध्यक्ष शम्भू कुमारले उजुरी दर्ता गराएका थिए । उनले भारतीय सैनिक आफैंलाई खतरामा राखेर देशको सेवा गरिरहँदा उनीहरुलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा सिरिजमा भारतीय सैनिक र उनकी पत्नीलाई गलत तरिकाले देखाइएको आरोप लगाएका थिए ।

यो पनि…
बलिउडमा बजार खोज्दै नेपाली चलचित्र
मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested