English

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप (फोटो फिचर)



भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ ।

विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेम गीत ३ काबारेमा अन्तर्वार्ता लिएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच प्रेम गीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

यो पनि…
बलिउडमा बजार खोज्दै नेपाली चलचित्र
‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिज अगाडि प्रदीपले नयाँ फिल्म नगर्ने



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

Latest










Popular
Suggested