English

कटरीनाको पुस्तकमा हुने छैनन् सलमान र रणवीर



बलिउड अभिनेत्री कटरीना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् ।

उनको डेब्यू फिल्म ‘बुम’ बक्सअफिसमा असफल भए पनि त्यसयता धेरै फिल्मले सफलता चुमिसकेका छन् । उनले अक्षय कुमार, सलमान खान, ऋतिक रोशन, आमिर खान, रणवीर कपूर हुँदै सिद्धान्त चतुर्वेद, इशान खट्टरसम्मको पुस्तासँग सहकार्य गरिसकेकी छन् ।

कटरीना बलिउडको २० वर्षे यात्रालाई अब पुस्तकमा रुपान्तरण गर्दैछिन् । उनले सुरुवातीदेखि अहिलेसम्मको अवस्थालाई पुस्तकमा प्रस्तुत गर्नेछिन् । तर रोचक कुरा के छ भने अभिनेताद्वय सलमान खानरणवीर कपूर उनको पुस्तकमा सूचीकृत हुने छैनन् । यी दुवै अभिनेतासँग कटरीनाले फिल्मी अभिनय मात्र गरिनन्, दुवैजनासँग अलग अलग समय लामो प्रेम पनि गरिन् ।

धेरैले कटरीनाले आफ्नो पुस्तकमा सलमान र रणवीरलाई समेटेर उनीहरुबीचको सम्बन्धलाई उजागर गरुन् भन्ने फ्यानहरुले चाहेका छन् । तर कटरीनाले भने यी दुई अभिनेतालाई पुस्तकमा समेट्न चाहेकी छैनन् । किन चाहिनन् भन्ने कुरा उनले खुलाएकी छैनन् ।

करियरको कुरा गर्दा कटरीनाका दुई ठूला फिल्म दर्शकमाझ आउने तयारीमा छ । उनी विजय सेतुपतिका साथ ‘मेरी क्रिसमस’ र सलमानका साथ ‘टाइगर ३’मा देखिँदैछिन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested