English

महँगा साइकल चढ्ने बलिउडका यी कलाकार



बलिउड कलाकार महँगा कारसँगै महँगा साइकलका पनि सौखिन छन् । आलिशान जिन्दगी बिताउने उनीहरूमध्ये केहीसँग प्राइभेट जेट पनि छ । जेट र कार भए पनि उनीहरूमा साइकल कुदाउने सोख उत्तिकै छ । त्यसैले उनीहरूलाई कैयौंपटक मुम्बईका सडकमा साइकल कुदाइरहेको भेट्न सकिन्छ ।

सलमान खान

अभिनेता सलमान खानसँग महँगो कार र बाइकको कलेक्सन छ । गत महिना उनी बुलेट प्रुफ गाडी कोयोडा ल्यान्ड क्रुजरका कारण चर्चामा आएका थिए । कार र बाइकका अलावा सलमान साइकलका पनि सौखिन हुन् । उनी कैयौंपटक मुम्बईमा साइकलमा घुम्दै गरेको अवस्थामा भेटिएका छन् । उनीसँग बिइङ ह्युमनको साइकल छ । यसको मूल्य करिब ६० हजार भारु पर्छ ।

रणवीर कपूर

अभिनेता रणवीर कपूर हालका दिनमा फिल्म ‘ब्रह्मास्त्र’ का कारण चर्चामा छन् । यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । रणवीर महँगो कार र बाइकको सौखिन हुन् । उनी साइकल कुदाउन पनि उत्तिकै चासो दिन्छन् । रणवीरसँग मेट एक्स फोल्डेबल ईबाइक छ, जसको मूल्य डेढ लाख रुपैंयाँ पर्दछ । यसमा एक हजार वाटको शक्तिशाली मोटर र स्मार्ट एलसीडी डिस्प्ले छ ।

शाहिद कपूर

अभिनेता शाहिद कपुरसँग डुकाती स्क्रेबलर ११ सय इलेक्ट्रिक साइकल छ । यसको मूल्य साढे दुई लाख रुपैयाँभन्दा बढी पर्छ । यो फेन्सी मोटरसाइकल हो ।

सारा अलि खान

अभिनेत्री सारा अलि खानसँग यू बेन्ट चेचिसको वोग सेलेक्ट साइकल छ । यसको मूल्य करिब १५ हजार रुपैयाँ पर्दछ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले