English

शकुन्तलममा अल्लुकी छोरी अल्लु अरहा



फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता अल्लू अर्जुनकी पाँच वर्षकी छोरी अल्लू अरहाले फिल्म ‘शकुन्तलम’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन् । यो फिल्म आगामी नोभेम्बर ४ मा रिलिज हुँदैछ ।

फिल्ममा तेलुगुसँगै हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । यो फिल्मलाई वर्षकै ठूलो फिल्म मानिएको छ । फिल्ममा अल्लू अरहाले राजा दृष्यन्त र शकुन्तलाका छोरा राजकुमार भरतको भूमिकामा अभिनय गर्दैछिन् ।

फिल्ममा सामन्था रुथ प्रभु शकुन्तलाको भूमिकामा देखिँदैछिन् भने पुरु वंशका राजा दृष्यन्तको भूमिकामा मलयालम स्टार देव मोहन देखिँदैछन् । यो उनको पहिलो तेलुगु फिल्म हो ।

फिल्ममा दर्शकले भीएफएक्सको प्रयोग बढी हेर्न पाउनेछन् । यो फिल्मको पोस्ट प्रोडक्सनमा १० महिनाको समय लागेको थियो । फिल्मले कश्मीरको प्रेमकथालाई देखाउनेछ ।

यो पनि…
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
पुष्पा २ बाट अल्लुले कति लिए पारिश्रमिक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य