English

‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुने



साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पाः द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो । हिन्दी भर्सनमा मात्र १ सय ६ करोडभन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए । अब यो फिल्मको दोस्रो पार्ट निर्माणको तयारीमा छ । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ ।

‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसको अघिल्लो पार्ट १ सय ९५ करोडमा निर्माण भएको थियो । अघिल्लो पार्टको सफलतापछि निर्माण टिमले दोस्रो पार्टलाई अझ भव्य बनाउन करोडौं खर्च गर्न लागेको हो । सुकुमारको निर्देशनमा बन्ने ‘पुष्पाः द रूल’को केही महिनादेखि तीव्र गतिमा स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

२०२३ को जनवरीबाट छायांकन सुरु हुने फिल्मको दोस्रो पार्टको प्रायः सिनको छायांकन पहिलो पार्ट खिचिएको ईस्ट गोदावरीको मारेदुमिली जंगलमै हुनेछ । सुकुमार छायांकनअघि चार महिना पोस्टप्रोडक्सनमा समय दिने योजनामा छन् । रिलिजको समय सीमाका कारण अघिल्लो पार्टको पोस्ट-प्रोडक्सन हतारमा भएको थियो । यसपटक सुकुमार यो गल्ती दोहोर्‍याउने पक्षमा छैनन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



...
зарубежные сериалы в хорошем HD качестве

I am in fact happy to read this website posts which includes plenty of useful information, thanks for providing these information. зарубежные сериалы смотреть онлайн

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै