English

‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुने



साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पाः द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो । हिन्दी भर्सनमा मात्र १ सय ६ करोडभन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए । अब यो फिल्मको दोस्रो पार्ट निर्माणको तयारीमा छ । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ ।

‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसको अघिल्लो पार्ट १ सय ९५ करोडमा निर्माण भएको थियो । अघिल्लो पार्टको सफलतापछि निर्माण टिमले दोस्रो पार्टलाई अझ भव्य बनाउन करोडौं खर्च गर्न लागेको हो । सुकुमारको निर्देशनमा बन्ने ‘पुष्पाः द रूल’को केही महिनादेखि तीव्र गतिमा स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

२०२३ को जनवरीबाट छायांकन सुरु हुने फिल्मको दोस्रो पार्टको प्रायः सिनको छायांकन पहिलो पार्ट खिचिएको ईस्ट गोदावरीको मारेदुमिली जंगलमै हुनेछ । सुकुमार छायांकनअघि चार महिना पोस्टप्रोडक्सनमा समय दिने योजनामा छन् । रिलिजको समय सीमाका कारण अघिल्लो पार्टको पोस्ट-प्रोडक्सन हतारमा भएको थियो । यसपटक सुकुमार यो गल्ती दोहोर्‍याउने पक्षमा छैनन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested