English

ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची



सम्पत्ति शुद्धीकरण मामिलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैयाँको चन्दा असुली गरेपछि ज्याकलिन पनि यो मामिलामा तानिएकी हुन् । प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ ।

यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २०० करोड असुली मामलामा सुकेशसँग जोडिएका विविध प्रश्न सोध्ने तयारी गरेको छ ।

ज्याकलिनलाई ११ बजे मन्दिरमार्गस्थित ईओडब्ल्यू कार्यालयमा अनुसन्धानका लागि बोलाइएको छ । उनका अनुसार ज्याकलिनलाई प्रश्न सोध्न प्रहरी तयारी अवस्थामा छ । यी सबै प्रश्न सुकेशसँग उनको सम्बन्ध तथा उनलाई सुकेशले दिएको उपहारका विषयमा हुनेछन् । उनलाई सुकेशसँग कतिपटक भेटेकोदेखि कतिपटक फोन सम्पर्क भएकोसम्म प्रश्न सोधिनेछ ।

अपराध शाखाले पिंकी इरानीलाई पनि अनुसन्धानमा जोडिन उर्दी गरेको छ । इरानीले नै सुकेशसँग ज्याकलिनको सम्बन्ध जोड्न सहयोग गरेकी थिइन् । ‘ज्याकलिनका लागि तयार पारिएको प्रश्नको सेट नोरा फतेहीसँग सोधिएका प्रश्नभन्दा फरक छन्’, एक अधिकारीले भने ।

प्रवर्तन निर्देशनालय (ईडी) ले ज्याकलिनलाई सम्पत्ति शुद्धीकरण मामलामा आफ्नो चार्जसिटमा आरोपीका रुपमा राखेको छ ।

यो पनि…
ज्याकलिन फर्नान्डिजले नेपाल आउन अदालतसँग मागिन् अनुमति
ज्याकलिनलाई विदेश जान अनुमति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested