English

ज्याकलिन फर्नान्डिजले नेपाल आउन अदालतसँग मागिन् अनुमति



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले १५ दिन नेपाललगायत अन्य देश जान अदालतसँग अनुमति मागेकी छन्।

उनले हालै दिल्ली अदालतमा नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जाने अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेकी हुन्।

ठगी मुद्धामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उनलाई प्रवर्तन निर्देशनालय (इडी)ले देश छोडेर जान रोक लगाएको थियो। केही दिन अगाडि इडीले उनको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति समेत जफत गरेको थियो।

भारतीय मिडियाका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए।

उनले नेपालमा यही जेठ १४ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’ मा सहभागी हुन, आबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुन र फ्रान्स यात्रा गरी करिब १५ दिनको विदेश भ्रमणमा जान पाऊँ भन्दै निवेदन पेस गरेकी छन्।

यही प्रतिबन्धका कारण गत वर्ष दुबईमा भएको ‘दबंग टुर रिलोडेड’ मा पनि उनी जान पाएकी थिइनन्। उनलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो। सोही दिनदेखि उनलाई मुम्बई छाडेर जान रोक लगाइएको हो।

उनको निवेदनमा अदालतले आउँदो मे २० तारिखमा सुनुवाई गर्नेछ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Popular
Suggested