English

शाहले जिते ‘मिस्टर मोडल अफ द वर्ल्ड’ को उपाधि



काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ उपाधि जितेका छन् ।

भक्तपुरको राधेराधेस्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ग्रान्ड फिनालेमा ५ फिट ११ इन्च उचाइ भएका मोडल तण्डुकारले २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् ।

विजेता तण्डुकारले यो उपलब्धिसँगै ३ देखि ७ नोभेम्बरसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड–२०२२ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छन् । प्रतियोगितामा विश्वका विभिन्न देशका उत्कृष्ट मोडलहरूको सहभागिता रहने छ ।

प्रतियोगितामा तण्डुकारले मिस्टर पब्लिक च्वाइसको टाइटल अवार्डसमेत जितेका छन् । फेसन मोडलको रूपमा सक्रिय तण्डुकार स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् ।

यसअघि सन् २०१८ मा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका मोडल तथा अभिनेता डा.दिक्पाल कार्कीले मोडल अफ द वर्ल्ड २०१८ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्याजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको पुरुष मोडलहरूको यो प्रतियोगितामा आभिनेष श्रेष्ठले फर्स्ट रनर्सअप तथा आकाश महर्जनले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सफल न्यौपाने तथा धिरज बोगटीले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिद्वारा पुरस्कृत गरिएको छ । तीमध्ये सुलक्स चापागाईंले एड्भोकेसी एम्बास्डर तथा कमलकुमार चौधरीले युथ एम्बास्डरको उपाधि जितेका छन् ।

शीर्ष उपाधितर्फ मनिष पासवानले मिस्टर मल्टिमिडिया, आभिनेष श्रेष्ठले मिस्टर फिजिक्स, अंकितप्रताप सिंहले मिस्टर फोटोजेनिक तथा सफल न्यौपानेले अनलाइन भोटिङ स्टारको उपाधि जित्न सफल भए ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested