English

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’



अभ्यानी प्रोडक्सनको आयोजनमा काठमाडौंमा भएको पाँचौं संस्करणको ‘मिस्टर एण्ड मिस नेपाल टिन’को उपाधि क्रमशः मन्दिप भुसाल र सृष्टि महर्जनले जितेका छन् । ‘मिस्टर नेपाल टिन’को उपाधि मन्दिपले चुम्दा प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेण्ड रनर अप बने ।

‘मिस नेपाल टिन’ विजेता सृष्टिले अमेरिकाको मायामी राज्यमा नोभेम्बरमा हुने ‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा ‘मिस नेपाल टिन चार्म’ बनेर फस्ट रनरअप जितेकी सृष्टि भुसालले कोलम्बियामा हुने एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सेकेण्ड रनर अप शिवानी कापरले ‘मिस वर्ल्ड हेरिटेज’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

विधागत उपाधितर्फ सृष्टि महर्जन ‘मिस ट्यालेन्ट’, शिवानी कापर ‘मिस मल्टिमिडिया’, सृष्टि भुसाल ‘पिपुल्स च्वाइस’ र ‘मिस इन्टलेक्चुअल’, सदीक्षा खनाल ‘मिस फोटोजेनिक’, सञ्जना भण्डारी ‘मिस क्याटवाक’ र ‘मिस कन्फिडेन्ट’ र याशिका सिंह ‘ब्युटि विथ पर्पस’ भए ।

त्यसैगरी किशोरतर्फ निशान वाइवा ‘मिस्टर ट्यालेन्ट’ र ‘पिपुल्स च्वाइस’, प्रयास ओझा ‘मिस्टर मल्टिमिडिया’, प्रकाश बोहोरा ‘मिस्टर फोटोजेनिक’, रिशु शाह ‘मिस्टर मोडल’, मन्दिप भुसाल ‘वेस्ट वाक’ र राम एक्वाल यादव ‘हेन्डसम विथ पर्पस’ बने ।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर महेश केसी, ‘मिस नेपाल युनिभर्स २०१९’ प्रदिप्ता अधिकारी, मोटिभेसनल स्पिकर तथा लिडरसिप ट्रेनर रोहित मल्ल, फिल्म निर्माता देवेन्द्र खड्का, महिला अधिकारकर्मी तथा ग्लायम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रतिमा कार्की, वकिल तथा सर्वोच्च अदालतकी अधिकृत संगीता नापित थिए ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक
‘ड्रेस टु इम्प्रेस’मा १६८ डिजाइनरबीच प्रतिस्पर्धा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested